Latest Updates :

यसरि हुन्छ ठगि धन्दा रातारात मालामाल बन्ने खेल

SHARE THIS POST :
आफुलाई ejanata.com को प्रवन्ध निर्देशक बताउने खड्क देवकोटाले धेरैको बौद्धिक शोषण गरेको खुलासा भएको छ। नेपाल टेलिकमको को सिनियर इन्जिनियर अनि अमेरिकाबाट पढेर आएको बताउने देवकोटाले विगत केही समयदेखी ejanata.com संचालन गर्दै आएका थिए। ई- जनतामा लेखहरु प्रकाशन गर्ने बाहानामा उनले धेरैलाई ठग्दै आएको पाईएको छ।

निर्देशनात्मक ठाडो आदेशमा कसैको बारेमा लेखहरु लेख्न लगाउने र ई- जनताको माध्यमद्वारा प्रकाशन गर्दै आएका उनले साथीहरु विम्मी शर्मा, मिसन अधिकारी, जनकमान डंगोल, अर्जुन पाठक, यादव देवकोटा लगायतलाई पिडित बनाउंदै आएको पाईएको छ। साथै यादव देवकोटालाई त काम गरेको एक बर्षसम्म पनि कत्ति पैसा नदिएको खुल्नमा आएको छ।

आफ्नो बौद्धिक श्रमवापतको पारिश्रमिक माग्न जाँदा निज लेखकहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गर्ने तथा अकाउन्ट नै ह्याक गरेर ब्लक गरिदिनेसम्मका कार्य गर्दै आएको पिडित विम्मी शर्मा बताउँछिन।खोजी गर्दै जाँदा उक्त ब्याक्ती नेपाल टेलिकम मा कतै जागीरे नभएको पाईएको छ। केही सर्जकहरुलाई ब्ल्याकमेल गरेर आफू रातोरात चम्किन उसले यस्तो रवैया अपनाएको पिडित शर्मा बताउँछिन।

हामीहरुको बर्षदिनसम्म लगातार बौद्धिक शोषण भैराखेको छ, हामीहरुले बारम्वार ताकेता गर्दापनि उक्त ब्याक्तीले उल्टै हामीहरुको आईडी ह्याक गर्ने र ब्लक गर्नेसम्मका हर्कत गरेको पाईएको छ।

अब पनि हामिहरुको पारिश्रमिकको बारेमा उक्त ब्याक्तीले बेलैमा सम्बोधन गर्दैन भने पत्रकार महासंघ तथा बौद्धिक शोषणको आधारमा प्रहरी प्रशासन गुहार्न बाध्य हुनेछौं, पिडित विम्मी शर्माले जानकारी गराईन।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger