Latest Updates :

केटिहरुले बिबाह पहिले यौन सम्बन्ध राखे नराखेको यसरी थाहा पाउन सकिन्छ

SHARE THIS POST :
एजेन्सी – कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन् । बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया। तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ ।
केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्यो। एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’ महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ । मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ। तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ। केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ । यसमा सानो प्वाल हुन्छ।यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ। महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्। प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger