Latest Updates :

गुड्दै गरेको ट्रेनमा सेक्स गर्ने जोडीलाइ सजाए बिबाह

SHARE THIS POST :
गुड्दै गरेको ट्रेनमा सेक्स गर्ने रुसी जोडीको बिहे भएको छ । मस्को मेट्रो अन्तर्गतको ट्रेनमा सेक्स गर्दै गरेको उनीहरूको तस्बिर केही दिनअघि सार्वजनिक भएको थियो । एन्ड्री एगोरोभ र उनकी गर्लफ्रेन्ड येभ्जिनिया इगोरोभाले पूर्णतः नांगो भएर सेक्समा लीन भएको अवस्थाका केही सेल्फी लिएका थिए । एन्ड्रीले ती सेल्फी अनलाइनमा पोस्ट गरिदिएपछि हल्लीखल्ली मच्चिएको थियो ।

तस्बिरको अध्ययन गरेर प्रहरीले गुडिरहेको मेट्रो ट्रेनमा ती तस्बिर लिइएको भेउ पाएपछि उनीहरूलाई पक्राउ गर्न खोजेको थियो । इगोरोभालाई पक्राउ गरे पनि उनका ब्वाइफ्रेन्ड भने फरार थिए । उनलाई प्रहरीले नगद जरिवाना गराएको थियो । सेक्स गर्दै गर्दाको तस्बिर सार्वजनिक भएपछि अप्ठेरो महसुस गरेकी इगोरोभाले अन्ततः एन्ड्रीलाई पतिका रूपमा पाएपछि राहत महसुस गरेकी छिन् । बिहे गरेपछि खुशी मुद्रामा देखिएकी उनले भनिन्, ‘अब सब कुरा ठीकठाक भएको छ । म सात महिनाकी गर्भवती छु, जुन एन्ड्रीको देन हो ।’ केही मिल्ने साथीहरूको उपस्थितिमा उनीहरूले मस्कोमा बिहे गरेका हुन् । (शुक्रवार साप्ताहिकबाट साभार)
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger