काठमाडौं, जीवनमा यौन सम्बन्ध मात्र पुरूषहरूले मात्र हैन, महिलाहरूले पनि त्यतिकै महत्वपूर्ण मान्दछन । यो कुरा फरक हो कि नेपाल जस्तो देशमा महिलाहरू यस कुरालाइ
खुलेआम स्वीकार गर्न सकिरहेका छैनन ।
हालै गरिएको एक नयाँ सेक्स सर्वेमा केही यस्तै नतिजा देखिएका छन । यद्दपी, यदि बितेको एक दशकको कुरा गर्ने हो भने, यसमा निकै परिवर्तन आएको छ ।
बास्तबमा, सर्वेमा सहभागी भएका मानिसहरूसंग तपाइँहरूका लागी सेक्स कत्तिको महत्वपूर्ण छ ?
यस प्रश्नको जबाफमा ९१ प्रतिशत पुरूषहरूले यसको उत्तर सकारात्मक दिएका
थिए । यस्तै जबाफ दिने महिलाहरूको संख्या ८६ प्रतिशत रहेको थियो ।
बिशेष कुरा त के भने करीब एक दशक अघि यस्तै प्रकारको सेक्स सर्वेमा भन्दा अहिलेका महिलाहरूको संख्या २० प्रतिशत धेरै रहेको छ । यसरी महिलाहरूले पनि सेक्सलाइ
निकै महत्वपूर्ण कुरा स्विकार गरेका छन ।
सर्वेमा एक अर्को प्रश्न सोधिएको थियो कि नियमित रूपमा र कम्तीमा हरेक सातामा एक पटक सेक्स गर्ने महिलाको संख्या ४६ प्रतिशत रहेको थियो भने यो संख्या पुरूषहरूको
हकमा भने ४२ प्रतिशत मात्र रहेको थियो ।
यस नतिजाबाट के देखिएको छ भने बदलिँदो समयसंगै महिलाहरू पनि सेक्समा आनन्द उठाउने कुरामा उत्तिकै सकृय रहने गर्दछन, साथै उनीहरू खुलेर आफ्नो बिचार राख्ने
गर्दछन भन्ने कुरा उक्त सर्वेले देखाएको छ ।