Latest Updates :

नेपाललाइ नाकाबन्दी गर्ने भारतसँग लड्न पाकिस्तानले बनायो यस्तो हतियार

SHARE THIS POST :
पाकिस्तानले भारतसँग लड्नका लागि छोटो आणविक हतियार निर्माण गरेको दाबी गरेको छ । भारतीय रबैयाको निन्दा गर्दै पाकिस्तानले छोटो तर शक्तिशाली आणविक हतियार बनाएको दाबी गरेको हो ।पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँग अमेरिकी भ्रमणमा रहेका विदेश सचिव एजाज चौधरीले भारतलार्इ जबाफ दिनका लागि साना तर शक्तिशाली एटमी हतियार बनाएको पुष्टि गरेका हुन् ।


मंगलबार वासिंगटनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘भारतको कोल्ड(स्टार्ट डक्ट्रिन) र हमलाको खतरासँग जुध्न हामीले साना तर शक्तिशाली एटमी हतियार बनाएका छौं ।’समाचार अनुसार यसअघि पनि पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुसर्रफ र सेना प्रमुख राहिल सरिफ जस्ता पाकिस्तानका राजनीतिक र सैन्य नेतृत्वले भारतविरुद्ध कडा टिप्पणी गर्दै आएका थिए ।

सन‍् २०१० मा भारतीय स‍ंसदमा भएको हमलापछि भारतीय सेनाले ‘पराक्रम’ अपरेशन थालेको थियो । पाकिस्तानी सीमामा यसका लागि विशेष योजना बनाइएको थियो । यसअघि सन् २००८ मा मुम्बर्इमा हमला भएको थियो ।त्यसपछि भविष्यमा पाकिस्तानको भूमिबाट कुनै पनि षड्यन्त्रपू्र्ण हमला रोक्नका लागि भारतीय सेनाले नयाँ रणनीति तय गरेको थियो । यो ‘कोल्ड स्टार्ट’ पोलिसीका अनुसार भारतीय सेनाले ‘स्विफ्ट रिएक्सन’ (तुरुन्त जवाफी कारबाही ) को रणनीति बनाएको थियो ।पाकिस्तानले भारतविरुद्ध लड्न आणविक हतियार बनाएको बताए पनि उसले अहिलेसम्म अमेरिकासँग कुनै किसिमको न्यूक्लियर सम्झौता भने गरेको छैन ।

पाकिस्तानी आर्मीले अगस्त अन्तिममा आफ्नो मुलुकको संसदीय समितिमा बताए अनुसार उसका लागि देश बाहिर भारतका अलावा कुनै अरु खतरा छैन। भारतले पछिल्लो केही वर्षमा १ सय बिलियन अमेरिकन डलरको हतियार किनिसकेको छ । समाचारपत्र डनका अनुसार भारतले ८० प्रतिशत हतियार पाकिस्तानसँग भिड्नका लागि खरिद गरेको हो ।

पछिल्लो १० वर्षमा भारतल आफ्नो सेनाका लागि बजेट दुर्इ गुणा बढाएको छ । यो वर्ष भारतले रक्षा बजेट २।४६ लाख करोड रुपैयाँ अर्थात ४०।०७ बिलियन अमेरिकी डलर राखेकोछ ।यो बजेट पाकिस्तानको भन्दा तीन गुणा धेरै हो । पाकिस्तानको रक्षा बजेट ७८ हजार करोड भारतीय रुपैयाँ रहेको छ । पाकिस्तान सन् १९४७, १९६५ र १९७१ मा तथा १९९९ मा कारगिल लडाइँमा भारतसँग भिडन्त गरिसेकको छ ।बुलेटिन अफ द एटोमिक साइन्टिस्टले मार्चमा जारी गरेको आफ्नो रिपोर्टमा बताए अनुसार पाकिस्तानसँग ११० न्यूक्लियर बम रहेका छन् । भारतसँग १०० न्यूक्लियर बम रहेका छन् । तर यो आँकडा सन् २०१२ मा बनाइएको हो ।तीन साल यता यी दुर्इ देशले कतिय आणबिक हतियार वृद्धि गरे भन्ने तथ्यांक भने खुलाइएको छैन। एजेन्सी



SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger