नेपाली चर्चित पोर्नस्टार पोखराकी बिन्दु परियारलाई उनका आफ्नै श्रीमानले जबरजस्ती यौनकार्यमा लगाएको खुलासा भएको छ ।अमेरिकी अदालतले परियार पोर्नस्टार बन्नुमा उनकै श्रीमानको दोष रहेको भन्दै क्षतिपूर्ती भराउन समेत आदेश दिएको छ । अदालतको आदेश अनुसार अब परियारले उनका श्रीमान् टम रान्डेल सेवेलबाट ७।२ लाख डलर अर्थात् ७२ करोड नेपाली रुपैयाँ क्षतिपूर्ती पाउनेछिन् ।
परियारलाई टमले पोखराको हेम्जाबाट अमेरिका लगेर विवाह गरेका थिए । अमेरिका लगे पश्चात् विन्दुलाई झुक्याएर उनले ब्रेस्ट इम्प्लान्ट गर्न लगाएका र पासपोर्ट समेत लुकाईदिएका थिए ।टमले नै विन्दुलाई नग्न क्लवमा काम गर्न बाध्य पारेको र परपुरुषसित यौन कार्य गर्न लगाई भिडियो खिच्ने गरेको समेत विन्दुले अदालतसमक्ष बताएकी थिइन् । परियारका विभिन्न यौन भिडियोहरु विश्वका सयौं अश्लिल साईटहरुमा अपलोड गरिएका छन् । एजेन्सी
