वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत् ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले ।
भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन् ‘मलाई प्रहरीले
ओच्छ्यान बनाएका छन् । तपाईहरुसँग कारबाही गर्ने हिम्मत छ भने मेरो
गोपनीयता कायम गरिदिनोस् म नाम दिन तयार छु ।’ उनले डान्सबारका मालिकबाट
पनि यौनहिंसाको सिकार हुनुपरेको बताइन् ।
'खानलाउन दुःख भएकै कारण
यौनकर्ममा लाग्नुपरेको उनको गुनासो छ ।मैले रहरले यस्तो पेसा छानेको होइन,
पढ्न र खान पुगोस्, यो पेसा छाड्न तयार छु । मैले नचाहेर पनि अस्मिता
लुटाउनुपर्यो, उनले भनिन् ।' गुरुङ जस्तै पीडा भोगेकी सिन्धुपाल्चोककी
बन्दना राई (नाम परिवर्तन) को पनि छ । भूकम्पमा परिवार गुमाएकी उनीसँग
छोरीमात्रै जीवित छन् ।
