Latest Updates :

विप्लव नेतृत्वको नेकपा माअोवादीका कार्यकर्ताले भारततिय च्यानल प्रसारण गरेको भन्दै मुख्य टावरमा आगजनी (भिडियो सहित)

SHARE THIS POST :
ललितपुर १ पुस । ललितपुरको भैंसेपाटी स्थित डिस होमको मुख्य टावरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माअोवादीका कार्यकर्ताले आगजनी गरेका छन् । आज बिहान सवा ६ बजेको समयमा करिव आधा दर्जनको संख्यामा आएका माअोवादीका कार्यकर्ताले भारतीय च्यानल बन्द नगरेको भन्दै पेट्रोल छर्की आगो लगेका छन् । आगलागीबाट डिस होमको मुख्य टावर पूर्णरुपमा ध्वस्त भएको छ ।
झन्डै दुई करोड भन्दाबढीको क्षेति भएको मार्केटिङ प्रमुख कल्याण अधिकारीले बताएका छन् पछिल्लो समय विप्लव माअोवादीले डिस होमलाई भारतीय टेलिभिजन च्यानल बन्द गर्न बारम्बार चेतावनी दिदै अाएको थियो। आगलागी भएपछि डिसका च्यानलको प्रशारण बन्द रहेका छन्। घटनामा समलग्नको ब्यापक खोजी भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger