Latest Updates :

राष्ट्रपति माथि जानकी मन्दिर परिसरमा पेट्रोल बम प्रहार, कारकेडमा ढुंगामुढा हेर्नुहोस

SHARE THIS POST :
१ पुस, जनकपुर - रामजनकी विवाह उत्सवमा सहभागी हुन जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडमा मधेसी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेका छन् ।

जानकी मन्दिर परिसरमा पेट्रोल बम समेत प्रहार भएको छ । जानकी मन्दिरमा पूजाआजा गरेर फर्किँदै गर्दा ढुंगामुढा भएको हो । तर, राष्ट्रपतिको कारगेडमा कुनै क्षति भएको छैन । सेनाले सुरक्षित रुपमा मन्दिर परिसरबाट राष्ट्रपतिलाई गन्तव्यतर्फ पठाएको छ । अहिले जनकपुर क्षेत्र तनावग्रस्त भएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger