Latest Updates :

रेड लाइट एरियामा किशोरीलाई दिइन्छ कामुक बनाउने सुई

SHARE THIS POST :
भारतको उत्तर प्रदेशको केही ठूला शहरमा अनैतिक कार्यको अड्डामा अवयस्क (किशोरी) युवतीलाई राम्री र कामुक बनाउनका लागि खतरनाक ड्रग्सको इन्जेक्सन (सुई) दिने गरेको खुलेको छ ।
तीन–चार दिन लगातार सो इन्जेक्सन लगाएपछि ती किशोरीहरु यसको लतमा फस्ने गरेका छन् । यसको लत लागेपछि इन्जेक्सन बिना ती युवतीहरुको बाँच्ने सम्भावना कम रहेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार छापेको छ । यो तथ्य आगराको रेड लाइट एरियाबाट प्रहरीले उद्धार गरेको किशोरीबाट बाहिर आएको हो । १५–१६ वर्षकी किशोरीलाई यस्ता ड्रग्सको इन्जेक्सन दिनेक्रम जारी रहे २०–२२ वर्षको उमेरमा पुग्दा उनीहरुको हड्डी कमजोर हुने चिकित्सकहरुले बताएका छन् । साथै अन्य विभिन्न स्वास्थ्यमा समस्या देखा पर्नेछ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger