Latest Updates :

स्तनलाई उचित आकारमा सजाउने तरिका !!! तपाईको स्तनलाई सदा स्वस्थ र ठूलो आकारमा सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः

SHARE THIS POST :
एजेन्सी: तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले  तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र ठूलो आकारमा सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः

लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस

लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तननको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ ।

पुराना ब्रा फालिदिनुहोस

बारम्बार धोएपछि तपाईको ब्रामा राखिएको रबर धोल्लिएको हुन्छ । धोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउदा नै उपर्युक्त हुन्छ । हेल्थ नामक एक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार धोल्लो ब्रा लगाउदा स्तन, घाँटी, र काँधमा पीडा हुन्छ । तसर्थ तपाईले लगाएको ब्रा धोल्लिएको छ भने अब मिल्काइदिए नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।

रौ नफाल्नुहोस

कसैको स्तनको मुन्टोमा रौ पलाएको हुन्छ जसका कारण महिलाले स्तनको रौ खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग नगर्न जर्नल अफ फिजिकल एक्टीभिटी एन्ड हेल्थले सुझाब दिएको छ ।

फिट नहुने ब्रा नलगाउनुहोस

आफूलाई नमिल्ने ब्रा कहिल्यै पनि नलगाउनुहोस । निकै सानो वा ठूलो ब्रा लगाउदा तपाईको स्तनलाई अशर गर्छ ।  ब्रा निकै कसिलो छ भने पनि यसले स्तनमा दीर्धकालिन अशर गर्छ ।

स्तन वरपर नछेड्नुहोस

कतिपय महिलाले स्तनमा टाटु खोपेर आफ्नो स्तनप्रति अरुको आकर्षण बढाउन चाहन्छन् । स्तनमा टाटु खोप्दा संक्रमण, व्लिड्रि, नसामा नै अशर गर्ने लगायत विभिन्न एलर्जी हुने गर्छ । अमेरिकन जर्नल अफ क्लिनिकल डर्मेटोलोजीमा प्रकाशित एक अध्ययन अनुसार निपलमा छेड्दा हेपटाइटिस बी र सीको संक्रमण हुन्छ ।

निप्पल नतान्नहुोस

गर्भ अवस्थामा उल्टो निप्पल भएमा महिलाले बच्चा जन्मेपछि आफ्नो निप्पल तानेर ठीक अवस्थामा राख्न चाहन्छन्। जर्नल क्लिनिकल ल्याक्टेसियनमा प्रकाशित एक अध्ययन अनुसार गर्भवती अवस्थामा निप्पल तान्दा यसको दीर्धकालिन पीडा हुन्छ ।

ब्रा लगाएर नसुत्नुहोस

ब्रा लगाएर सुत्दा स्तनमा रक्त प्रबाहमा गम्भीर प्रभाव पर्ने, स्तनको टुप्पोमा अशर गर्ने, पानी झर्ने, मुन्टा सुन्निने समेत खतरा हुन्छ ।

स्तनमा गिर्खा वा डल्लो त छैन ?

स्तनमा मासु पलाएमा चासो दिनुहोसः यदि स्तनमा सानो डल्ला वा गाँठो देख्नुभयो भने तत्काल स्तनको एक्सरे गरि रोग भए नभएको पहिचान गर्नुपर्छ । त्यस्तै स्तनबाट रगत वगेको छ भने तत्काल चिकित्सककहाँ जानुपर्छ । यदि तपाई आफ्नो स्तनको आकारदेखि दिक्क हुनुहुन्छ र स्तन प्रत्यारोपण गर्ने सोचमा हुनुहुन्छ भने एक पटक राम्रोसँग    सोच्नुहोस । स्वास्थ्यखबरबाट

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger