Latest Updates :

दिमाग छुरा बनाउन चाहनु हुन्छ यसो गर्नुस

SHARE THIS POST :
बेलायती मेमोरी एक्स्पर्ट हरेक कुरा भुल्ने समस्यालाई अलजाइमर भनिन्छ । तर, अलजाइमरले पीडित नभएका व्यक्ति पनि बारम्बार भुलिरहेका हुन्छन् । स्मरणशक्ति कमजोर भएर निम्तिने सबै समस्या अलजाइमर होइन । यस्तो कमजोर स्मरणशक्तिलाई धारिलो बनाउन सकिन्छ । बेलायती लेखक तथा मेमोरी एक्स्पर्ट एड कुकले केही सूत्र सिकाएका छन् : पूरा निद्रा निद्रा नपुग्नु स्मरणशक्ति कमजोर हुने एउटा कारण बन्नसक्छ । निद्राको कमीले दिमागमा सीधा असर पर्छ । त्यसैले दिमाग धारिलो राख्न पर्याप्त निदाउनु जरुरी हुन्छ । दिमागी कसरत स्मरणशक्ति कमजोर छ भने पजल्स, चेस, भिडियो गेमजस्ता काममा सक्रिय रहनु राम्रो हुन्छ । यस्ता गेमले मेमोरी तिखार्न मद्दत गर्छ । शारीरिक कसरत नियमित शारीरिक कसरतले दिमागमा ब्लड सर्कुलेसन सही राख्न मद्दत गर्छ । दिमागमा ब्लड सर्कुलेसन सही हुँदा स्मरणशक्ति बढ्नसमेत सघाउ पुग्छ । मेडिटेसन मेडिटेसनले दिमाग शान्त बनाउँछ । यसले स्मरणशक्ति ठीक अवस्थामा राख्न भूमिका खेल्छ । फलफूल बदाम, ओखर, हरिया तरकारी, ग्रिन–टी, डार्क चकलेटजस्ता खानेकुराले स्मरणशक्ति बढाउन मद्दत गर्छन् । भिजुअलाइज कतिपयमा व्यक्ति तथा ठाउँका नाम र नम्बर तत्काल भुल्ने समस्या हुन्छ । यस्तो छ भने कुनै भिजुअल या कहानीसँग जोडेर सम्झिने प्रयास गर्नुपर्छ । नयाँ सिक्ने स्मरणशक्ति कमजोर भएकाहरूले हरेक दिन कुनै न कुनै नयाँ सिक्ने बानी बसाल्नुपर्छ । यसो गर्दा दिमाग ‘एक्टिभ’ भइरहन्छ । स्मरणशक्ति तिखो भएकाहरूले पनि नयाँ–नयाँ सिक्ने प्रयास गर्दा दिमाग झन् धारिलो बन्छ । आँखा–कान खुला केही चिज भुल्नुभएको छ र सम्झिने कोसिस गर्दै हुनुहुन्छ भने आँखा र कान दुवैलाई सँगसँगै सक्रिय बनाउनुपर्छ । यी दुई इन्द्रिय सँगसँगै सक्रिय हुँदा भुलेको चिज स्मरणमा ल्याउन सजिलो हुन्छ । हरेकको रुटिन नियमित प्रयोग गर्ने सामान भुलिरहने कमजोरीले कोही हैरान भइरहेका हुन्छन् । यस्तो छ भने हरेक सामानलाई नियमित निश्चित ठाउँमा राख्नुहोस् । निश्चित ठाउँमा राखिएका सामान चाहिँदा सजिलै पाउन सकिन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger