Latest Updates :

हरेक नेपालीले हेर्नै पर्ने भिडियो भारतले गरयो निषेध पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं

SHARE THIS POST :
हरेक नेपालीले हेर्नै पर्ने भिडियो भारतले गरयो निषेध पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं… राष्ट्रकवि माधव घिमिरेको यो गीत नसुन्ने नेपाली को होला र ? तर यो गीतको भाव र इतिहास कमैले मात्र बुझेका होलान । त्यसताका नेपालको सिमाना कहाँ सम्म थियो अनि अहिले कसरी यति सानो क्षेत्रफलमा खुम्चियौ ? इष्ट इन्डिया कम्पनीले जितेका सबै भूभाग फिर्ता दिने भन्दा पनि नेपालका शाषकहरुले किन फिर्ता लिन मानेनन ? भारतले अहिले कुन कुन ठाउमा के कति जमिन कसरी कब्जा गरिरहेको छ ? हो, ग्रेटर नेपालको अबधारणा अनुरुप हामीले आज यही सामग्री भिडियोसहित प्रस्तुत गर्दै छौ जुन हेरेर तपाईको मन भत्भती पोल्ने छ र नेपालका लागि मर्न/मार्न तयार हुनु हुनेछ ।
कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म पुगेको नेपालको भूमि सुगौली सन्धीपछि मेची र महाकालीमा खुम्चिन पुग्यो । सुगौली सन्धीमा गुमेको जमीन नेपालले फिर्ता पाउनुपर्छ भन्ने अवधारणालाई हामीले ‘ग्रेटर नेपाल’ भन्ने गरेका छौ । पृथ्वीनारायण शाहपछि उनका कान्छा छोरा बहादुर शाहले पुनःएकीकरणलाई निरन्तरता दिए । भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता योद्धाहरुको यसमा योगदान रह्यो । भक्ति, अमरसिंह र बलभद्रहरुको सामुहिक नेतृत्वमा नेपालको सीमा पश्चिममा सतलज नदी पारि काँगडासम्म पुग्यो । इष्ट इन्डिया कम्पनी तिब्बतमा व्यापार गर्न चाहन्थ्यो । तर, पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म नेपालले तिब्बतलाई ढाकेको थियो । उनीहरु तिब्बत पस्न नेपाली भूभाग हात पर्नु अनिवार्य भयो । त्यसैले इष्ट इन्डिया कम्पनीले नेपाललाई भारतजस्तै उपनिवेश बनाउन निणर्ायक लडाइँको घोषणा गर्‍यो । अंग्रेजले १८१४ नोभेम्बर १ देखि नेपालमाथि आक्रमण सुरु गरे । नेपाल-अंग्रेजबीच पाँचवटा किल्लामा लडाइँ भयो, महाकालीपारिका दुई र महाकाली पूर्वका तीनवटा । महाकालीपूर्व नेपालले आफूलाई अडिक राख्यो । अंग्रेज छिर्नै सकेनन् । पश्चिमपट्टकिो लडाइँ भने नेपालले हार्‍यो । पश्चिमको लडाइँमा बम शाह भन्ने नेपालका एक प्रभावशाली सैनिक कमाण्डरले शंकास्पदरुपमा आत्मसमर्पण गरे । यो खबर पाएपछि कुमाउमा रहेका नेपाली सेनापति अमरसिंह थापा हतास बने । नेपाली पक्षले तत्कालै युद्ध स्थगित गर्ने प्रस्ताव अंग्रेजसित गर्‍यो । अंग्रेजका सेनापति अक्टर लोनी थिए । वार्तालापपछि सन् १८१५ को मे १५ मा अमरसिंह थापा र अक्टर लोनीबीच सम्झौता भयो । उक्त सम्झौताबाट महाकालीदेखि सतलजसम्मको क्षेत्र नेपालले गुमायो । यता पूर्वतर्फ नेपाल टिस्टादेखि ७० किलोमिटर पूर्व नगरकट्टासम्म पुगिसकेको थियो । सिक्किमको तीन चौथाइ भाग नेपालतर्फ थियो । अंग्रेजले नेपालविरुद्धको लडाइमा सिक्किमका राजाले सघाएमा उनलाई सिक्किमको गुमेको भाग फिर्ता गरिदिने वचन दिएको थियो । बेलायतले पूर्वको टिस्टादेखि पश्चिम महाकालीसम्मको सम्पूर्ण तराईमाथि दावी गर्‍यो । बेलायतले सही गरेर पठाएको सन्धीमा नेपालका राजाले १५ दिनभित्र सही गर्नुपर्ने भनिएको थियो । तर, यति ठूलो भूमि गुम्ने भएपछि दरवारभित्र विवाद आयो । कसैले सही गरौं भने कसैले नगरौं भने । नेपालका राजा गिर्वाणयुद्ध विक्रम शाह सानै थिए भने प्रधानमन्त्रीमा शक्तिशाली भीमसेन थापा थिए । इतिहासकार पुरुषोत्तम राणाले अंग्रेजहरु आफैंले तीन पटकसम्म ‘हामी भारत छाड्दैछौं, तपाईंहरु आफ्नो भूमिमा दाबी गर्नुस्’ भनेर सन्देश पठाएको उल्लेख गरेका छन् । बन्दरगाह चाहिन्छ भने बंगलादेशको चटगाउँसम्म दिन्छौं पनि भनेका थिए उनीहरुले । बेलायतले नेपाललाई पठाएको ९३ औं दिन सन् १८१६ को मार्च ४ मा नेपालले हस्ताक्षर गरेर बुझाएको सन्धी नै सुगौली सन्धी हो ।नेपाल विस्तार हुँदा यसको क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो, भने अहिलेको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । पछि फिर्ता आएको बाहेक सुगौली सन्धीबाट हामीले झण्डै ६० हजार वर्ग किलोमिटर माटो गुमायौं । प्रस्तुत वृतचित्रले दुइ तथ्य र बिचारलाई प्रमाणिक ढंगले पुष्टी गर्ने कोशिष गरेको छ, जसमध्य पहिलो अंशमा दक्षिणतर्फ ब्रिटिश साम्राज्य विस्तार भैरहेको अबस्थामा गोर्खाका राजाले ५० भन्दा बढी भुरे टाकुरे राज्यहरुमा विभाजित मुलुकलाई एकीकरण अभियान शुरु गरेर उनका सन्तानहरुले त्यो अभियानलाई अगाडि बढाएर पूर्बमा टिस्टादेखि पश्चिममा सतलज तथा दक्षणमा गंगा किनारसम्म बिशाल नेपाल बनाए, जसलाई ब्रिटिश हरुले नै ‘ग्रेटर नेपाल’ नाम दिएका थिए | ब्रिटिशको स्वार्थ र कुटिल राजनीतिलाई आत्मसाथ गर्न नसक्दा नेपालले उसको बिशाल शक्तिसंग लगभग डेढ बर्ष युद्ध गर्यो र सुगौली सन्धिमार्फत एक तिहाइ भूभाग गुमायो | ती गुमाइएका भूभाग हाल भारतमा अवस्थित छन् ।ब्रिटिश सरकारले भारतलाई किन त्यो भूभाग छाड्यो ? किन नेपाललाई फिर्ता गरेन ? र, के ती भूभाग नेपालले फिर्ता लिने कानुनी आधार अझै पनि छ ? यी प्रश्न गर्दै उतर खोज्ने कोशिष गरेको छ वृतचित्रले | वृतचित्रले दोश्रो अंशमा वर्तमान नेपालको भूभाग कसरी त्यही छिमेकी राष्ट्र भारतले मिचिरहेको छ, हडपिरहेको छ भनेर स्थलगत भ्रमण गरी प्रमाणिक रुपमा पूर्ब कोशीदेखि पश्चिम कालापानीसम्मको यथार्थ चित्रण गरेको छ | अहिले भएको भूमि नै अतिक्रमणको चपेटामा परिरहेको र देशको सार्वभौमिकतामा छेडछाड भइरहेका बेला विगतमा गुमेको भूमि फिर्ता होला भन्ने आशा कमैलाई छ । तर, यसो भनेर, तार्किक र प्रामाणिक रुपमा नेपालको सिधा हक लाग्ने भूभागलाई हामीले सधैंका लागि माया मार्ने त ? आज देशको सार्वभौमिकता रक्षा गर्दै भोलि हाम्रो भूमि भारतबाट खोस्ने परिकल्पना गर्नु गलत नै हो त ? यसो गर्दा भोलि हाम्रो भावी पुस्ताले उठाउने प्रश्नको जवाफ दिन सक्छौं त ? थप जानकारीका लागि हेर्नुहोस् यो भिडियो
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger