Latest Updates :

गाइ मरेको देखेर रोयं भन्ने कृषिमन्त्रीलाई धुर्मुसको झापड ! (हेर्नुस भिडियो)

SHARE THIS POST :
फिल्म हेर्न हलमा पुगेका कृषिमन्त्री हरिबोल गजुरेल भक्कानिएर रोए, त्यो पनि टिभीको क्यामेराकै अगाडि । त्यसपछि के चाहियो र पत्रपत्रिका, अनलाइन, टिभी सबैतिर मन्त्री गजुरेलको रुवाइ भाइरल बन्यो । कतिपयले उनको रुवाइलाई टोपलेको भनेर संज्ञा दिए भने कतिपयले कोमल मन भएको मन्त्री भनेर बचाउ पनि गरे । वैदेशिक रोजगारीमा गएका नेपालीको कथा रहेको राहदानी चलचित्र हेरेर कृषिमन्त्री गजुरेल रोएका हुन् । बिहीबार काठमाडौंको सिटी सेन्टरमा राहदानी चलचित्र हेरेर फर्केका उनी एक टिभीलाई अन्तरबार्ता दिदा दिंदै भक्कानिएका थिए ।
नेपालमै केही गरौं भनि ऋण लिएर गाई पालन गरेका युवा गोठमा गाई मरेपछि विभिन्न समस्या परेर बाध्य भई विदेश जानु परेको चलचित्रको दृष्यले मन्त्रीको मन पोलेको रहेछ । स्मरणीय त के हो भने उनी १० बर्षसम्म युद्द गरेर आएका नेता हुन् । यसैकारण पनि कतिपयले उनको रुवाइलाई ‘स्वाङ्’ परेको भनेर टिप्पणी गरेका छन् । ‘जनयुद्दमा हजारौ नेपाली मर्दा वास्ता नगर्ने अहिले नाटक गर्ने’ कतिपय यस्तै भनिरहेका छन् । त्यसो त सर्वसाधारणले मात्रै होइन कलाकारले पनि उनको रुवाइलाई मज्जैले उडाई दिएका छन् । मन्त्री गजुरेलको नक्कल गर्दै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले दिएको अन्तरबार्ता भिडियो युट्युब भाइरल बनिरहेको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger