'क्यान्डी क्रस'को डरलाग्दो लत !! डरलाग्दो लतमा कतै तपाईं पनि फस्दै त हुनु हुन्न ????????
फेसबुके साथीले पठाएको क्यान्डी क्रस खेल्ने आमन्त्रणसहितको 'नोटिफिकेसन'लाई पछ्याउँदै तपाईं पनि क्यान्डी क्रस खेल्न थाल्नुभएको त छैन ? यदि थाल्नुभएको छैन भने के फुर्सदको दिन खेल्ने योजना बनाइरहनुभएको छ ? यदि यस्तो योजना बनाउनुभएको छ भने होसियार हुनुस् । किनकि, तपाईं ठूलो र डरलाग्दो लतमा फस्दै हुनुहुन्छ।
लागुऔषध र जुवातासजस्तै लत लगाउने बन्न पुगेको छ, क्यान्डी क्रस । यो खेलमा घोत्लिएर घण्टौँ बिताउने, खेलमा लीन हुने धुनमा शारीरिक श्रम कम गरेर स्वास्थ्य बिगार्नेदेखि क्यान्डी क्रस खेल्नकै निम्ति लाखौँ रुपैयाँ खर्चिनेसम्मका क्यान्डी क्रस दुव्र्यसनीका संख्या संसारभरि बढ्दै छ । यसको दुव्र्यसन भयावह रूपमा बढ्दै गएकाले विभिन्न देशमा क्यान्डी क्रसको लतबाट व्यक्तिलाई मुक्त गर्नकै लागि पुनःस्थापना केन्द्र स्थापना हुने क्रम धमाधम बढ्दै छ । र, यी पुनःस्थापना केन्द्रमा भर्ना हुनेहरूमध्ये महिला बढी छन् । किनकि, क्यान्डी क्रसले महिलालाई बढी दुव्र्यसनी बनाउने गरेको छ ।