मानिसको बद्लिदो जीवनशैलीका कारण यौन रोग पनि बढ्दै गएको छ । यौन रोग बढ्नुको मुख्य ४ कारण निम्न छन् ।
१)अहिले सामाजिक मुल्य र मान्यतामा परिवर्तन आएसंगै युवावर्ग विवाहपुर्व यौन सम्पर्क बनाउन कुरा सामान्य भइसकेको छ । यौन क्रियाकलापमा बढेको स्वतन्त्रताले यौन रोग पनि बढ्दै गएको छ । असुरक्षित यौन संबन्धले महिलामा विभिन्न प्रकारका यौन रोग जस्तो सिफलिस,गनोरिया र पुरुषमा एचआइभी एड्स जस्ता गंभिर रोग सर्ने खतरा बढेर जान्छ । यौनअंगमा संक्रमणको कारण अनेकौं रोगको खतराको साथै निसन्तानपन जस्ता समस्या पनि उत्पन्न हुन सक्छन् ।
२) मानिसहरुले आफ्नो करियरलाई धेरै महत्व दिँदा विवाह ढिलो गर्न थाल्छन् । धेरै गर्भनिरोधक चक्कीको प्रयोगले यौन स्वास्थ्यमा नकरात्मक प्रभाव पार्दै जान्छ । जसले गर्भधान गर्न पनि समस्या बढेर जान्छ । करियरलाई नै बढी प्राथमिकता दिँदा गरेको यौन क्रियाकलापले मानसिक र शारीरिक समस्या निम्ताउँछ ।
३) अस्तव्यस्त जीवनशैली, रातभर पार्टीमा धुम्रपान र रक्सीको सेवनले यौन जीवनलाई प्रभाव पार्छ । धुम्रपान गर्ने मानिसको शुक्रकिटको संख्या र त्यसको गतिशिलतामा पनि कमि आउँछ । महिलामा भने मासिक चक्रमा गडबडी आउने जस्ता समस्याले सताउँछ ।
४) मानिसहरु अहिले यति व्यस्त भएका छन् कि शारीरिक श्रमको नाममा केहि पनि गर्दैनन् । हिंड्न मन नपराउने, भ¥याङ नचढ्ने, कुनै व्यायम पनि नगर्ने गर्छन् । विहान बेलुकी पनि यसो खुल्ला हावा खान पनि बाहिर निस्कँदैनन्। शारीरिक श्रम नर्गनाले शरीरमा पाचनप्रक्रिया निस्कृय भएर जान्छ । पाचनप्रकृया निष्कृष हुँदा शरीर दुर्बल हुने वा बोसो जम्ने हुन्छ । समय भन्दा अगाडी नै कपाल सेतो हुने , झर्ने, छाला चमकविहिन हुन जान्छ र अनुहार पनि समयभन्दा अगाडी नै बुढो देखिन जान्छ । जसले मानिसमा यौन प्रति खासै रुचि नहुने वा यौन समस्या बढ्दै जान्छ।
