हिरोइन भने पछी नेताको मरिहत्ते प्रधानमन्त्री ओलीले भने-हिरोइनलाई हेर्न आइहाल्छु नि
पहिलो पटक अवार्ड गर्ने तयारीमा रहेको नेपाल चलचित्र कलाकारसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथी भइदिन गरेको आग्रह प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई औपचारिक निम्ता दिन बुधबार कलाकारको एकटोली बालुवाटार पुगेको थियो । बालुवाटार प्रसानसले उपलब्ध गराएको समय बिहान ठिक नौ बजे पुगेका कलाकारको टोलीले दुई घण्टा १५ मिनेट कुरेपछि मात्रै प्रधानमन्त्री ओलीको दर्शन पाए ।
‘वालुवाटारमा मिटिङ रहेछ सवा ११ बजे हामीले प्रधानमन्त्रीलाई भेट्यौ’ सहभागी जीतु नेपालले भने ।
परिचय कार्यक्रम सकिए लगत्तै कलाकारहरुले कार्यक्रमवारे जानकारी गराउदै भने ‘तपाई हाम्रो कार्यक्रमको प्रमुख अतिथी तपाईले हाम्रो कलाकारलाई अवार्ड दिनुपर्छ’
संघले दिएको प्रपोजल एकछिन पढे र ओलीले भने ‘यत्रा हिरो हिरोईनसंग भेट हुने रहेछ म आईहाल्छु नि’ ओलीले भने ।
कुराकानीकै क्रममा जितुले प्रधानमन्त्री ओलीलाई फुक्र्याउदै भने ‘म त तपाईलाई गुरु मान्छु, तपाई असाध्यै हँसाउनु हुन्छ म तपाईको टाईमिङको फ्यान हुँ’ जवाफमा ओलीले भने ‘हाँस्नु त पर्छ नहाँस्ने हो भने जीवनको मज्जा कसरि लिने ?’
नेपालमा कतिपय ब्यक्तिहरु नहाँसेरै विद्यान हुन खोजेकोप्रति असन्तुष्टि जनाउदै ओलीले भने ‘नेपालमा एकथरि मान्छे अहिले पनि नहाँसेपछि विद्वान होईन्छ भन्ने भ्रममा छन्, म त्यो मान्दिन’
वार्तामा नायिका पनि राख्नु पर्यो
वार्ता, संवाद, फेरि वार्ता नमिलेको मधेशवादी पार्टीले फेरि आन्दोलन सुरु गरेको जस्ता प्रसंगप्रति कलाकार सचेत रहेछन् । प्रधानमन्त्री ओलीसंगै प्रस्ताव राखे कलाकारले ‘यो वार्ता तपाईहरुले मात्रै गरेर सफल होला जस्तो छैन, अब हाम्लाई पनि मिसाउनु पर्यो’
जितुले थपे ‘हिरोईन र हाँस्य कलाकारलाई छुटाउनु भएन, हिरोईनले कुरा गर्छन् हामी हँसाउछम् अनि दिमाग प|mेश बनाऔ र वार्ता गरौं ।’ कुरा सुनीसकेपछि प्रधानमन्त्री ओलीले भने ‘अब त्यसै गर्नपर्छ कि क्या हो ।’