केही महिनाभित्र स्थानिय र नेपाल आर्मीले युएनको सहयोगमा यस तालको गहिराईलाई ३ मिटरमा सिमित राख्ने प्रयास थालेका हुन् । तर जाडो निकै बढेका कारण काममा खटिएका नेपाली सेनाहरु बिरामी भएको बिबिसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ । लेफ्टिनेन्ट कर्णेल भरतलाल श्रेष्ठलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले ४० जना आर्मीका कर्मचारीले स्थानिय समूदाय तथा शेर्पासँगको सहकार्यमा काम भइरहेको उल्लेख गरेको छ ।
यस क्षेत्रमा ४५ दिनभित्र पानीलाई तालबाट बाहिर पठाउने लक्ष्य आर्मीले राखेको छ ।
‘हामीले दैनिक २ देखी ३ घण्टासम्म मात्रै काम गर्न पाउँछौ । हिउँका कारण मौसम चिसो छ र हुरी तथा तुसारोले तुवाँलोले थप समस्या निम्त्याएको छ,’– श्रेष्ठले भनेका छन् –‘हाम्रो टिमका सदस्यहरु बिरामी भइरहेका छन् । हामी बिरामीहरुलाई तल्लो क्याम्पमा झार्छौ र उनीहरु ठीक भएपछि फेरि काममा जान्छन् ।’ भूकम्पपछि यस क्षेत्रमा चट्टानहरु फुट्ने क्रम जारी छ । यसबाहेक रोल्वालिङ क्षेत्रमा रहेको च्छोरोल्पा ताल पनि खतरामा छ ।