Latest Updates :

वर्षायाममा के नखाने ? जानी राख्नुस बहुउपयोगी छ

SHARE THIS POST :
बासी तथा मसलेदार खाना यो मौसममा नखानुहोस् । वर्षा मौसममा मानिसको पाचन प्रक्रिया सुस्त हुन्छ । खाना पच्न लामो समय लाग्छ । बासी र मसलेदार खानाले पेटमा खराबी गर्छ ।
यो समयमा काँचो खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरिया हुनसक्छ । यस्ता खानामा हुने रोगको संक्रमणले मानिसलाई चाँडै रोग सार्छ ।

हुन त सागसब्जी खानु स्वास्थ्यका लागि राम्रो हो । तर, पात हुने सब्जीमा पानी परेलगत्तै धुलो, माटो र किटाणु सहज रूपमा बस्न सक्छन् । यसकारण वर्षायामको सागसब्जी राम्ररी धुने र पकाएर खानुपर्छ ।
सडक किनारमा बेच्न राखिएका फलफूल या खानेकुरा खानु हुँदैन । यस्ता खानेकुरामा धुवाँ–धुलो टाँसिने र शरीरलाई खराब गर्ने गर्छ । यो गर्मी मौसम पनि भएको हुँदा घरमा फलफूल काटेर राख्ने तथा खाने गर्नु हुँदैन ।
माछाको सौखिन हुनुहुन्छ भने यो मौसममा ख्याल गर्नुहोस् । वर्षायाम माछाको प्रजनन समय हो । यो वेला माछा नखाँदा राम्रो हुन्छ । खानु नै छ भने राम्रोसँग सफा गरेर र पकाएर खानुपर्छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger