Latest Updates :

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ काम

SHARE THIS POST :
कहिलेकाहीँ यस्ता हुनछ की विवाहको केही समयपछि सबै कुरा सामान्य रहेको बेला एकाएक केही उल्झन देखा पर्न थाल्दछ जसले वैवाहिक जिवनलाई नै बर्बाद बनाउने जोखिम हुनछ ।

सायद तपाइँलाई विश्वास नलाग्न सक्छ तर कहिलेकाहीँ सुत्ने आनीबानीलाई लिएर समेत पति पत्नीबीचमा डिभोर्सको स्थिति पैदा हुन्छ ।

हरेक ठाउँ आफ्ना केही नियम र शर्तहरु हुन्छन् मान्छेका । त्यसैले बेडरुममा पनि केही कुरामा विशेष ध्यान दिनुपर्छ । कहिलेकाहीँ अनजानमा गरिएका गल्तीहरु सम्बन्धमा भारी पर्न सक्दछन् । त्यसैले यी नियमहरु पालना गरी तपाइँले पनि आफ्नो वैवाहिक सम्बन्धलाई नयाँ रंग दिन सक्नुहुन्छः

१. यदि तपाइँ पति पत्नी दुबैजनाको सुत्ने समय फरक फरक छ भने सबैभन्दा पहिले यो बानीलाई सुधार्नुस् । कोसिस गर्नुहोस् की तपाइँ दुइजना सँगै सुत्ने । दुइ जनामा एकजना मस्त निदाइरहने र अर्कोले आफ्ना काम रातभर गरिरहने नहोस् ।

२. कोसिस गर्नुहोस्, सुत्नुभन्दा पहिले तपाइँको हातमा मोबाइल नहोस् । बेडरुममा टिभी पनि नराख्नुस् । सम्भव छ भने एउटा म्यूजिक प्लेयर राख्नुहोस् ता की रातमा मन्द स्वरको संगीतको मज्जा लिन सकियोस् । सुत्नुभन्दा अघिको समयमा ल्यापटप, मोबाइल तथा टेलिभिजनमा समय खर्चिनुको साटो पार्टनरसँग गफिएर समय काट्नु राम्रो हुन्छ ।

३. एकअर्कामा पूरा ध्यान दिनुहोस् । तपाइँका स साना तारिफले पनि पार्टनरमा ठूलो स्थान राख्दछ । कोसिस गर्नुस् की सुत्नुभन्दा पहिले तपाइँले आफ्नो पार्टनरलाई यो अनुभुति गराउनुस् की ऊ आफ्नो लागि कति स्पेशल छ । यस्तो महिनामा एक पटक होइन हरेक दिन गर्नुपर्छ ।

४. अलग अलग तरिकाले प्रेम दर्साउनुहोस् । छोएर, प्रसंसा गरेर प्रेमको अनुभुति दिलाउनुहोस् ।

५. गुडनाइट किस दिन नभुल्नुहोस् । स साना कोसिसहरुले पनि माहोललाई सकारात्मक बनाइदिन्छ र आपसी सम्बन्धलाई मजबूत बनाउँछ भन्ने कुरा नभुल्नुस् । त्यो सँगै रात्रीकालीन सत्र त छँदैछ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger