Latest Updates :

‘सुल्तान’ का कारण विवादमा घेरिए सलमान, मुद्दा दर्ता

SHARE THIS POST :
इदको मौकामा रिलिज भएको फिल्म सुल्तानले पहिलो तीन दिनमा निकै सफलता हात पारेको छ । सलमानलगायत फिल्मको पूरा टिम फिल्मको सक्सेस पार्टी मनाइरहेका छन् । तर अब सलमानलगायतका अरु दुई व्यक्तिका लागि नराम्रो खबर छ । सलमान, अनुष्का शर्मा र फिल्म निर्देशक ए.अब्बासविरुद्ध मुद्दा दर्ता भएको छ । मोहम्मद साबिर अन्सारी अर्थात साबिर बाबाले फिल्म आफ्नो जीवनमा आधारित भएको ठोकुवा गरेका छन् । उनले तीनै जानमाथि फिल्मको निर्माण गरेर २० करोड रुपैयाँको रोयल्टी हडपेको पनि आरोप लगाएका छन् । उनीहरु विरुद्धको मुद्दा सिजेएम कोर्टमा पुगेको छ । मुजफ्फरपुरमा बस्ने मोहम्मदले फिल्मको निर्माण सन् २०१० मा निर्माण भएको र निर्देशक ए. अब्बासले उनलाई यसबारे जानकारी दिँदै उनको जीवनमा आधारित भएका कारण उनलाई २० करोड रोयल्टी रकम दिने सहमती भएता पनि आफूले उक्तप रकम नपाएको आरोप लगाएका छन् । रोयल्टी रकम नपाएपछि उनले फिल्मलाई कथा दिन अस्विकार गरेको उनले बताए । उनी भन्छन्, ‘मंगलबार जब मैले फिल्म हेरे तब फिल्म आफ्नै जिन्दगीमा आधारित भएको पाएँ ।’ उनका अनुसार मुद्दा कोर्टमा दर्ता भइसकेको छ र यसको सुनुवाई १२ जुलाईमा हुनेछ । उनले सलमान खान, अनुष्का शर्मा र निर्देशक ए. अब्बासलाई आरोपी बनाएका छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger