Latest Updates :

कम्प्युटर ‘स्लो’ छ ? यी पाँच तरिकाबाट बनाउनुस् ‘फास्ट’

SHARE THIS POST :
आजकाल स–साना कामका लागि पनि कम्प्युटरको आवश्यकता छ । यस्तोमा यदि तपाईंको कम्प्युटर ढिलो छ भने तत्काल नयाँ किन्न असम्भव होला र यस्तो गर्नु मूर्खता पनि हो । तपाईं आफ्नो स्लो कम्प्युटरलाई ठिक पार्नका लागि थुप्रै तरिका अपनाउन सक्नुहुन्छ । कम्प्युटर र ल्यापटप स्लो हुनुका पछाडि थुप्रै कारण हुन्छन् जसलाई तपाईंले थाहा पाउन आवश्यक छ । तपाईंलाई यस्ता टिप्सबारे जानकारी जसले साँच्चै नै तपाईंको समस्या समाधान गर्नमा सहयोग गर्नेछ । १. र्यामलाई अपग्रेड गर्नुहोस्ः यदि तपाईंको कम्प्युटरमा वर्कलोड बढि छ र त्यसको र्याम कम छ भने तपाईंले र्यामलाई अपग्रेड गर्न आवश्यक छ । किनभने तपाईं जे सुकै काम गर्नुहुन्छ त्यो टेम्पोररी रुपमा र्याममा स्टोर हुने गर्दछ । यस्तो अवस्थामा यदि र्याम कम छ भने समस्या आउन सक्छ । २. र्याम बढाउनुहोस्ः हार्ड ड्राइभ स्टोरेज, र्यामको तुलनामा धेरै स्लो हुन्छ त्यसकारण तपाईंको कम्प्युटर थप बढी स्लो हुने गर्दछ । सधैं यो कुरा याद राख्नुहोस् कि र्यामको लार्जर चंकले तपाईंको सिस्टमलाई फास्ट गरिदिनेछ । त्यसकारण, सजिलो प्रक्रियाको लागि आफ्नो पिसीको र्याम बढाउनुहोस् । ३. ग्राफिक्स कार्डलाई अपडेट गर्नुहोस्ः यदि तपाईं आफ्नो पीसीमा गेम खेल्नुहुन्छ भने ग्राफिक्स कार्डको प्रयोग पनि गर्नुहुन्छ होला । यस्तो स्थितीमा, आफ्नो ग्राफिक्स कार्डको पनि समय–समयमा अपडेट गर्नुहोला । यसो गर्दा ग्राफिक्सको प्रक्रिया सरल बनिरहन्छ र तपाईंको र्याम पनि खुल्ला रहिरहन्छ । ४. हल्का ओएस इन्स्टल गर्नुहोस्ः यदि तपार्ईंको पीसीमा कुनै हेभी ओएस छ भने त्यसको सट्टा लाइट ओएस हाल्नुहोस् । यसले पीसी सजिलै चल्छ र यो ह्यांग पनि हुँदैन । विन्डोलाई अहिलेसम्मको सबैभन्दा राम्रो ओएस मानिन्छ जसलाई कम्प्युटरमा राख्दा ह्यांग नहुने बताइएको छ । ५. सोलिड स्लेट ड्राइभलाई इन्स्टल गर्नुहोस्ः सोलिड स्लेट ड्राइभ अथवा एसएसडी एक हाई–परफर्मेन्स रिप्लेस्मेन्ट हो जुन हार्ड ड्राइभको लागि गरिन्छ । यसमा कुनै पनि मुभिंग पार्ट हुँदैन र यो निकै तेज पनि हुन्छ । तपाईंले अपरेटिङ सिस्टमका लागि एउटा एसएसडीको प्रयोग, सबै फाइललाई राख्नका लागि एउटा ठूलो र सामान्य मेकानिकल हार्ड ड्राइभको प्रयोग गर्न सक्नुहुन्छ जसका कारण सम्पूर्ण लोड कम्प्युटरमा मात्र नभई अन्यत्र पनि छरिने भएका कारण तपाईंको ल्यापटप वा कम्प्युटर फास्ट भइरहने छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger