Latest Updates :

पुरिएकी बुहारीलाई सासूले निकालिन् ! कति निठुरी समय

SHARE THIS POST :
आठ दिनकी सुत्केरी सविना भारती, २२ लाई शनिबार महाभूकम्पले छोरीसहित पुर्‍यो । काभ्रे महादेवस्थानस्थित दुइतले कच्ची घरको भुइँतलामा पुरिएकी उनलाई सासु अप्सराले एक घण्टापछि छाना, ढुंगा, सरा पन्छाउँदै उद्दार गरिन् । सासुको साहसप्रति कृतज्ञताका आँसु झार्दै उनले कान्तिपुरलाई बुधबार सुनाएको त्यो भयानक दिनको कथा :

पहिले ममी (सासू) ले खाना खान दिनुभयो । ठूली छोरीलाई भुइँमा सुताएर म यो शिशुलाई खाटमा सुताउन खोज्दै थिएँ । ममी मेला जानलाई आँगनमा निस्कनुभयो । एक्कासि भुइँचालो आयो । नानी एकातिर, म अर्कातिर भयौं । नानी (शिशु) जोरजोरले रुन थाली (सविना भक्कानिइन्) । त्यति बेलासम्म म अचेतजस्तै भइसकेछु । नानी रोएको सुनेर होस् आयो । त्यति बेला हेर्दा पो थाहा भयो, त्यस (ठूली छोरी) लाई पुरिसकेछ । मैले तानेर नजिक ल्याएँ । त्यतिन्जेलसम्म घर ढलिसकेको थियो । हेर्छु काेही छैन ।

ममी बाहिर गुहार गुहार भनिरहनुभएको सुनें । कोही नआएपछि उहाँ आफैं ढुंगा पन्छाउन थाल्नुभएछ । मलाई अब कोही पनि बाँच्दैनौंजस्तो लागेको थियो ।

सासू अप्सराले सुनाएको कथा :

मेला जानुअघि बाख्रालाई टाट्नामा घाँस झुन्डयाउँदै थिएँ । एक्कासि भुइँचालोले पछार्‍यो । अब त्यहीं मर्नेरहिछु जस्तो

लाग्यो । बामे र्सर्दै उभिएँ । सुरुमा कराएँ । तर वरपरका घरहरू भत्किसकेको देखेपछि आफैं यसलाई निकाल्न लागें । अब सबै मर्ने भए, म पनि बरु यहीं मर्छु यिनीहरूलाई छाडेर बाहिर बस्दिनँ (रुँदै) भनेर ढुंगा हटाउन थालें । एक घण्टाजतिमा बल्ल यिनीहरू भएको ठाउँ भेटियो (झन् रुँदै ।) धन्न यो एउटा ढुंगाले काठलाई रोकेर राखेको रहेछ । यो ढुंगा नभएको भए काठहरू खसेर तीनै जनाको एकै चिहान हुन्थ्यो । भित्रबाहिर कतै हेरिसक्नु थिएन । सबै र्सवनाश

भयो । तैपनि मेरा बालबच्चा बचे भनेरै खुसी लाग्यो । मेरा दुइ छोरा छन्, छोरी छैनन् । यिनै बुहारीहरूलाई मैले छोरी मानेकी छु । अब अरू केही चाहिएन । पुरेतले शिशुको न्वारानको नाम चाँदनी राखिदिएका छन् । भुइँचालोमा परेर पनि बाँची । त्यस्तै अर्थ आउने नाम राखिदिनुपर्ला ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger