Latest Updates :

भुईचालोपछि घर फर्कँदा घरको सामान्य जाँच गर्ने तरिका

SHARE THIS POST :

ऋषिराम पराजुली - ठुला ठुला भुकम्प पश्चात हाम्रो ठाउँमा रहेका संरचनाहरु कति ढले भने कति पुरै ढलेका छैनन तर भित्रि रुपमा तिनिहरु कमजोर भएर बसेका हुनसक्छन ।
कतिपय संरचना केही नभएका पनि हुनसक्छन तर धेरै जसो संरचनामा केहि न केही क्षति त पुगेकै छ। यदि यस्तो क्षति धेरै भएको संरचनामा हामी यत्तिकै बस्न थाल्यौं भने कुनै पनि बेला भत्किन पनि सक्छन त्यसैले आफु घर भित्र छिर्नु अघी आफैले आफ्नो घरको जाँच गर्नुहोस ।
हुनत यस्ता जाँच गर्न बिशेसत स्ट्रक्चरल ईन्जिनियरको आबश्यकता पर्छ तर हामीसँग रहेको मानव श्रोतको अभावबिच तपाई आफैंले यसरी आफ्नो घरको जाँच गर्न सक्नुहुनेछ।
(यसरी गरिने घरको जाँच, साना भुकम्पहरु को क्रम रोकिन लागेपछि मात्रै गरौं, सरकारले बाहिरै बस्न तोकेको समय सम्म कम्तिमा यसो नगरौं । जाँच गर्ने समयमा भत्किएका संरचना नजिक जाने चलाउने नगरौं, कुनै बेला मात्रै थोरै टेका लागेको संरचना रहेछ भने केही भाग झरेर घाईते हुनपनि सकिन्छ।)
तपाईंले पहिले आफ्नो घरको प्रकार छुट्याउनुहोस र मुख्य भार थाम्ने संरचना (पिलर सिस्टममा बिम, पिलर, ईट्टा, ढुंगामा घरको भित्ताहरु)का लागि यस अनुसार गर्नुहोस।
घरहरुलाई ३ बर्गमा बाँडौं।
१) रातो बर्गः खतराजनक, जुन संरचना पुनर्निर्माण मर्मत नगरी बस्न लायक हुँदैनन। यसमा पूर्ण क्षतिग्रस्त भवनहरु पनि पर्दछन । तपाईंको संरचना यस बर्गमा पर्छ भने स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिएर मर्मत गराउनुहोला ।
२) पहेंलो बर्गः सावधानी पूर्वक केही भाग प्रयोग गर्न सकिने, सामान्य मर्मतले सुरक्षित हुने संरचनाहरु ।
३)हरियो बर्गः यस्ता घर जसमा सामान्य सरसफाई र निकै साधारण मर्मत भए पुग्नेछ। 
मुख्य संरचना हेर्नु अघि घरको जगको अवस्था हेर्नुहोस। टाइबिमको तल कस्तो छ, कतै टाइबिम नै चिरिएको पो छ कि ? या घर केही धस्सिएको पो छ कि  यदि धस्सिएको, टाइ बिम चर्किएको छ भने बाहिरबाटै सावधानी पूर्वक जाँच गरौं, घर छिर्न हतार नगरी स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिऔं।
मुख्य संरचनाको प्रकारः
पिलर सिस्टमको घरः
तपाईंको घर पिलर सिस्टमको छ भने यो पुर्णरुपमा क्षति नभएतापनी उचित मर्मत बिना बस्न नमिल्ने हुन सक्छन, यसकालागी तलका मुख्य कुराहरु हेर्नुहोसः
स्ल्याब, पिलर, बिमहरु, सबै या केही चर्किएका छन वा छैनन हेर्नुहोस, बिम र पिलरको जोईन्टको वरिपरि या पिलरको बिचमा यस्तो देख्न सकिन्छ।


चर्किएको छैन भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं
*      भित्ताहरु चिरिएको छ या छैन हेरौं यदि भित्ताहरु मात्रै चिरिएको भएमा त्यसलाई सामान्य मर्मत पछि प्रयोगमा ल्याउन सकिन्छ।
*      अन्य भागहरु जस्तै झ्याल, ढोका, सोकेसका स्ल्याबहरुमा क्षतिपुगेको रहेछ भने सामान्य मर्मतपछिनै यसको प्रयोग गर्न सकिन्छ।
*      घर भित्रको अवलोकन पछी घर बाहिर जानुहोस र वरिपरी सबैतिर हेर्नुहोस कतै चर्किएको पो छ कि
 पिलर, बिम, स्ल्याब चर्किएको छ भने
*      बिम, पिलर, स्ल्याबको बाहिरको ढलान उप्किएर झरेको हुनसक्छ र डण्डी देखिएको हुनसक्छ, यदि त्यस्तो छ भने यसको लागी बिशेष ज्ञान भएका प्राबिधिकको रोहबरमा मर्मत गर्न लगाउनु उपयुक्त हुन्छ र त्यसपछि मात्रै घरमा बस्नु राम्रो हुन्छ। बढि क्षति भएका ठाउँमा बलियो टेका लगाएर राखौं।  यस्तो घरलाई रातो बर्गमा राखौं
यदि घर ढल्किएको छ भने यसलाई पनि रातो बर्गमा राखौ। किनकी यो प्रयोग गर्न लायक रहदैन।
सामान्य मात्र चर्किएको (Hair crack) छ, मसिनो १-२ लाईनमात्र देखिएको छ भने त्यसलाई प्रयोग गर्न सकिन्छ तर मसिना चिरा एकै ठाऊमा धेरै संख्यामा देखिएमा मर्मत पश्चात त्यो रुमको प्रयोग गरौं। यदि त्यो चिरा भित्र सम्म नपरेको भएमा केही समयपछि मर्मत गर्दापनि हुन्छ। यस्तो घरलाई पहेंलो बर्गमा राखौं
यदि भित्ता मात्रै चिरिएको छ भने त्यस भित्ताको बरिपरी वा त्यो कोठा मर्मत अघि प्रयोग नगरौं, (जस्तैमाथि देखाएको फोटोको अबस्था) यस्तो घरलाई पहेंलो बर्गमा राखौं
 पिलर बिम र स्ल्याब नचर्किएको र भित्तापनी नचर्किएको घर छ भने यस्ता घरहरुलाई हरियो बर्गमा राखौं।
ईट्टा/ढुंगाले मात्र बनेको घरः
ईट्टा/ढुंगाले मात्र बनेका घरहरुको मुख्य भार थाम्ने भाग भनेको वाल मात्रै हो, यस्ता घरमा रहेका सम्पुर्ण वालहरुको सुझ्म अवलोकन गर्नुहोस।
कहाँ कहाँ कति चर्किएको छ, यदि धेरैनै चर्किएको छ भने त्यस्तो ठाँउको माथिको छत/स्ल्याबलाई बलियो टेका लगाऔं र पुर्ण मर्मत पछी मात्रै यसको प्रयोग गरौं। यस्ता घरहरु रातो बर्गमा राखौं।
यदि भित्ताहरुमा सामान्य मात्र चिरा देखिएको छ भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं
कतै पनि खासै केही क्र्याक देखिएको छैनभने यस्ता घरलाई हरियो बर्गमा राखौं।
यीमाथि भनिएका कुरा घरको मुख्य भार थाम्ने संरचनाको हकमा गरिएका हुन । यसबाहेक अन्य धेरै कुराहरुमा ध्यान पुर्याउनुहोला जस्तैः
घर नजिक जाँदा वरिपरी लड्न लागेका पर्खाल या भुँईमा रहेका सिसाका टुक्रा आदीको बारे बिचार गर्नुहोला ।
घर भित्र छिर्नासाथ ग्यास या बिजुली अन गर्नु अघि सबै चेक गर्नुहोस, कतै ग्यास लिक पो छ की !, कतै बिजुलीको तार छुटेको पो छ की
घर भित्रका सामानहरु मिलाउँदा, राख्दा पनि ध्यान दिनुहोला कतै फेरी आउनसक्ने सम्भावित सानै झट्काले पनि खस्ने पो हुन्छ की !
तपाईंको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुहोला । आफ्नो घर रातो बर्गमा परेको छ भने हरियो बर्गको घर हुने छिमेकीसंग मिलेर बस्नुहोला, यो बिपद सबैको हो, भन्ने बितिक्कै मर्मत गराउन संभव नहुनसक्छ ।
लेखक जापानको क्योटो विश्वविद्यालयबाट भुकम्प इन्जिनियरिङमा पिएचडी गर्दै हुनुहुन्छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger