भूकम्पले मात्रै जिउधनको क्षति भएको होइन, मानव संरचनाकै कारण यस्तो भएको हो
निकै विनाशकारी भूकम्प गएको छ । अहिले यो विपत्सँग जुध्न हामी सम्पूर्ण नेपाली एक हुनुपर्ने बेला आएको छ ।
यस्तो विनाशकारी भूकम्प कुनै न कुनै बेला आउँछ भन्ने अनुमान हामीलाई थियो । तर, कहिले र कसरी आउँछ भन्ने मात्र हामीलाई थाहा थिएन । र, हामीले भूकम्पप्रति त्यति सतर्कता पनि अपनाएका थिएनौ ।
अहिले मानिसहरु अनेक हल्ला गरिरहेका छन्, भूकम्प फेरि फर्कन्छ भनेर । तर, कोही पनि हल्लाको पछाडि नलाग्नु होला । भूकम्पको भविष्यवाणी कसैले गर्न सक्दैन ।
धर्तीभित्र अनेक चट्टानका पत्र हुन्छन् । ताप र ऊर्जाका कारण ती चट्टानहरुबीच घर्षण हुन्छ । घर्षणले पत्रहरु च्यातिन्छन् र कम्पन उत्पन्न हुन्छ । हाम्रो हिमालय क्षेत्रमा पत्रहरुबीच घर्षण हुने सम्भावना बढी छ ।
शनिबारको भूकम्प पत्रहरुको घर्षणले आएको हो । अब त्यो च्यातिएको पत्रे चट्टान स्थिर हुन वा पहिलेकै ठाउँमा आउन झन्डै ७० वा ७२ घन्टाजति लाग्छ । त्यसैले भूकम्पका झ्टकाहरु आइराखेका छन् । पहिलो भूकम्पपछि च्यातिएको पत्रे चट्टान सन्तुलनमा आउने क्रममा यी झट्का आइरहेका हुन् ।
हिजोको भूकम्पले देश शोकमा छ । थुप्रै जनधनको क्षति भएको छ । यो अवस्थामा हामीले धैर्यले काम गर्नुपर्छ । भूकम्पमा परेकालाई सबैले मिलेर उद्धार गर्नुपर्छ ।
भूकम्पले जिउधनको क्षति हुने होइन, मानिसले बनाएका संरचनाले जिउधनको क्षति हुने हो । अब हामीले घरलगायत संरचना बनाउँदा सतर्कता अपनाउनुपर्छ ।