Latest Updates :

'मैले ३६० वटा आसन गरेकी छु' कलाकार कमला

SHARE THIS POST :
कति कुरा नभनेर नै मिठा हुन्छन् । यस्तै लुकाइएको जवाफ भित्रको ठोस उत्तर समावेश संवाद हो यो । पारिवारीक विषय होस् वा कलाकारीतामा नै तौलिएका शब्दबाट छानिएको उत्तरमा जिवनका केही निरासाका बिच थोरै आशा उनमा देखियो ।
जिवनका लक्ष्य छिटो बिवाहबाट बदलिएको बताउँदा गम्भिर उनि भविष्यका योजनामा अकस्मात एक करोड भेटिँदाको छिटो उत्तरमा पनी सोच्न तिर लागिन् । अभिनयमा अब्बल देखिएपनी औषत अभियनमा सिमित रहँदै हाँक्का हाँकी हांस्य टेलिश्रृंखलाबाट फेरी छाउने प्रयासमा रहेकी कमलासँग गोकर्ण अधिकारीले लिनुभएको हाक्का हाक्की संवाद ।

तपाई कमला रेग्मी कि अर्याल ?
पहिला कमला रेग्मी अहिले अर्याल थप ।
पहिलो कलाकारिता प्रवेश कहिले के बाट ?
शसस्त्र प्रहरीको टेलिश्रृंखलामा छुच्ची गृहिणीको भुमीकाबाट ।
कसले दियो अवसर र भुमीका ?
लक्ष्मण विक्रम बस्नेतले । म उहाँलाई सँधै सम्झन्छु मेरो लागि गर्नुभएको अमुल्य सहयोगको ।
अहिले कता के गर्दै ?
नेपाल टेलिभीजनबाट सुरु भएको हांस्य टेलिश्रृंखला हाक्का हाक्कीमा यो क्षेत्रमा निभाएको पहिलो भुमिकामा जस्तै छुच्ची गृहिणीको भुमिका गरिरहेको छु । जसमा दमन रुपाखेतीको निर्देशन, शैलेन्द्र सिँखडाको लेखन र राम थापाको निमार्ण रहेको छ ।
के नाम छ हाक्का हाक्कीमा ?
मेरो नाम निर्मली छ ।
यो क्षेत्रमा लागेर नाम, दाम वा दुवै के पाइयो के गुमाईयो ?
थोरै नाम त्यो भन्दा थोरै दाम अनि गुमाएको भनेको यस बिचको करिव ७ बर्ष यस क्षेत्रमा विताए ।

कलाकारिता संयोग हो वा यसमा नलागेको भए के थियो जिवनको योजना ?

रहर सानै देखिको हो तर यसमै लाग्छु भन्ने थिएन । सोच त एयर होस्टेस बन्छु भन्ने थियो । मलाई एयर होस्टेस साह्रै मन पर्छ । तर केही छिटोको वैवाहिक सम्वन्धले अर्कै मोड लियो । समग्रमा संयोगले जुराएको भन्दा हुन्छ ।
कसैले कुनै भुमिकामा अभिनय गराउन बोलाउँदा के सोध्छन् पहिला ?
पहिला त के के मा अभिनय गर्नुभएको छ भनेरै सोध्छन् अनि परिवार के कस्तो भनेर सोध्छन् ।
किन सोधेको परिवारचाहिँ ?
सायद कत्तिको सहयोग छ परिवारबाट भनेर जान्नलाई होला ।
कत्तिको छ त ? (धेरै पटकको थप प्रश्नपछिको उत्तर)
राम्रै छ । त्यसैले त आज सम्म यही पेशमा छु । कहिले काँहित महिला हो त्यसमा पनि परिवार सम्हाल्नुपर्ने जिम्मेवारी भएको मान्छे । कहिले कता जानुपर्छ कहिले कता थोरै असहज किचकिच त परिराखि हाल्छ नै यसमा थप नबोलौं तपाई बुझिहाल्नुहुन्छ ।
यो पेशामा लाग्दाका केही तिता अनुभव छ ?
एउटा ठुलै कम्पनीको विज्ञापनमा अभिनय गर्न बोलाइएको थियो । सबैकुरा कन्फर्म भइसकेको थियो । सुटिङ गर्न बोलाएर अर्कै युवती (कलाकार) लाई खेलाएर मलाई त्यसै फर्काइयो । किन अकस्मात त्यस्तो भयो बुझिन ।
अर्को एउटा चाहीँ काठमाण्डु मलमा पसल पनि छ भन्थिन् एउटा भर्खरको कलाकार बहिनीले बागबजारमा एउटा अभिनयको लागि अडिसन दिन गएकी थिइन् दिदी मलाई त उनिहरुले के के प्रस्ताव राखे, यस्तो यस्तो गर्नुपर्छ, जानुपर्छ भने भनेर भनिन् । तर मेरो हकमा भने माथि भनेको त्यही एउटा तितो घटना सम्झनामा छ ।
यो दुईटा घटना हेर्दा अभिनय मात्र हैन रुप र बैशले पनि भुमिका निभाउँदो रहेछ भन्दा हुन्छ ?
फेरी अनर्थ लाग्ने हो कि । सबै ठाउँमा सबैलाई यस्तो हुन्न मलाई चाहिँ भएको छैन । केही अवस्थामा हेर्दा हो रुप र बैंशकै भरमा कलाकार बनेकाहरु पनि छन् जस्तो लाग्छ कहिले काहीँ ।
केही छोटा रमाइलो कुरा गरौं है । कुनै ठुलै सार्वजनिक कार्यक्रममा तपाईको सारी पुरै फुस्कीयो अकस्मात के गर्नु हुन्छ ?
हास्दै र लजाउँदै । घुमाउरो जवाफ पछि उत्तर । के गर्नु हत्त न पत्त तानेर बेर्छु अनी सुरक्षित ठाउँमा गएर राम्ररी लगाउँछु ।
तपाईलाई केही शंका लागेको मान्छेले ठुलो भुमिका र रकमको प्रस्ताव सहित लामो समय अभिनयका लागि बाहिर बस्नुपर्ने सहितको प्रस्ताव ल्याए ?
सिधा जवाफ हुन्न । जान्न भन्छु ।
राजीखुसी अश्लिल भनिएको दृश्यमा खेलेका कसैलाई भेटे के भन्नु हुन्छ ?
के भन्नु ! बाँस जती बढेपनि पछि नुगिनु पर्छ क्षमता भए तपाई जसरी नि हिट हुनुहुन्छ यस्तो नगर्नु राम्रो होला भनेर सुझाव दिन्छु ।
सन्नी लियोनले खेलेको यौन भिडियो हेर्न हुने, स्वागत गर्ने मैले यौन आसन कुनै बाँकी राखेको छैन भनेर जिउ देखाउँदा किन बिरोध भन्ने कलाकारहरुलाई तपाईको जवाफ के भन्नुहुन्छ ।
मैले ३६० वटा आसन गरेको छु कि ४ सय त्यो ब्यक्तिगत जिवनका कुरा हुन् त्यो भन्दै हिँड्ने कुरा होइन । यसैलाई लिएर मेरो बिरोध किन भन्ने कुरा को म झनै बिरोध गर्छु, सन्नी लियोन आउन् कि अरु कोही यसमा के जायज के नाजायज भन्दिन देश अनुसारपो हुने हो त हाम्रो सन्नीले खेलेजस्तो खेल्न मिल्ने, पाउने देखाउने खालको देश छैन नि त हाम्रो ।
मन परेको महिला कलाकार ?
दिपा श्री निरौला । मलाई ब्यक्तिगत रुपमा पनि साह्रै मायाँ गर्नुहुन्छ ।
मन पर्ने पुरुष कलाकार ?
राजेश हमाल । असाध्यै मन पर्छ ।
तपाई पनि र हमाल पनि अविवाहि हुनुहुन्थ्यो र तपाईले बिहेको प्रस्ताव गरेको भए ?
भो नाई बिहे त गर्दिन थे । मलाई असाध्यै मन पर्छ तर बिहे गर्न मन भएर हैन ।
बिवाह कुन राम्रो । गर्दा महिला र पुरुषको उमेर र फरक कती हुनु राम्रो लाग्छ ?
लभ म्यारिज रमाईलो हुन्छ । तर मेरो चाहिँ एरेन्ज हो । बिहे २० कटेपछि आफुखुसी जहिले गर्दा नि हुन्छ । बिहे चाहीँ केटी भन्दा केटा ७ ८ बर्षको फरक भए राम्रो ।
तपाईको कुनै पुरुष फ्यानले सार्वजनीक स्थानमै तपाईलाई अकस्मार किस खाए ?
केही भन्दिन सके सम्म त्यो मान्छेबाट टाढा हुने प्रयास गर्छु ।
मन परेको कोही नेता वा पार्टी छ ?
डा. बाबुराम भट्टराई मन पर्छ । पार्टी त कुनै मन पर्दैन ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger