१४ बैशाख, काठमाडौ ।
महाभूकम्प शनिवार अपरान्ह गएको समय अनुसार तीन दिन वितेको छ । तर भूकम्प जानेक्रम नरोकिँदा जनजिवन त्रसित बनेको छ । पहिलो भूकम्प गएको २५ घण्टापछि काठमाडौं नजिक बनेपा केन्द्रबिन्दु भएर ६.७ रेक्टर स्केलको भूकम्प गएको छ । सोमबार बिहान ६ बजेसमेत भूकम्पको सानो धक्का महशुस गरिएको छ ।
अधिकाशं घर भत्किएको तथा बाँकी रहेका घर चर्कीएर काम नगर्ने अवस्थामा हुँदा खुला चौर र विभिन्न विद्यालय तथा मैदानमा कष्ठकर रात विताएका काठमाडौं तथा भुकम्प प्रभावित २० जिल्लाका नागरिक के हुने हो अब भन्ने डरमै जिवन गुजारी रहेका छन् ।
शनिबारको भूकम्पले नेपालको ऐतिहासिक धरहराको संरचना ध्वस्त भएको थियो भने बसन्तपुर पाटन र भक्तपुर दरबारस्क्वायरका संरचनाहरु पनि भत्किएका थिए ।
भूकम्पका कारण ३ हजार बढीको शव पाइएको सरकारी अधिकारीहरुले बताएका छन् । स्वतन्त्र आधारलाई मान्ने हो भने यो संख्या ५ हजार नाघि सकेको छ ।
हाम्रा जिल्ला संवाददाताहरुका अनुसार नुवाकोटमा ७ सय, गोरखामा ५ सय, धादिंगमा ४ सय ५०, काठमाडौंमा ललितपुर र भक्तपुरमा १५ सय बढी तथा अन्य जिल्लाहरुमा समेत गरेका ५ हजारको मृत्यु भएको छ ।
तर सरकारी अधिकारीहरुले भने शव पाएको पुष्टि नभइकन मृतकको संख्या आधिकारीक रुपमा बताउन नसक्ने जानकारी दिएका छन् ।
यसैगरि गृहमन्त्रालयले मृत्युहुनेको आधिकारीक तथ्यांक भन्दै करिव ३ हजार मात्र दिएको छ उसले करिव ५ हजार नागरिक गम्भिर घाइते भएका र त्यतिनै संख्यामा भत्किएका संरचनामा पूरिएको प्रारम्भिक जानकारीहरुले देखाएको बताएको छ ।