Latest Updates :

सरकार लाइ राजस्व नतिरे पछी एभिन्युज टिभीको इजाजत रद्द गरियो !!

SHARE THIS POST :

सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टिभीको इजाजत पत्र खारेज गर्ने निर्णय गरेको छ।

सरकारलाई तिर्नुपर्ने रकम समयमा नै नतिरेपछि नविकरण हुन नसक्ने जनाउँदै  टिभीको अनुमति पत्र खारेज गर्ने निर्णय गरेको मन्त्रालयले जनाएकाे छ । गत आइतबारदेखि नै लागू हुने गरी सो टिभीको इजाजत पत्र खारेज गर्ने निर्णय मन्त्रालयले गरेको छ।

मन्त्रालय स्रोतका अनुसार सरकारलाई वर्षेनी बुझाउनुपर्ने रोयल्टीको २ प्रतिशत रकम समयमा नै नबुझाएकोले एभिन्युज टिभीको इजाजत पत्र खारेज भएको हो। असार मसान्तसम्म पनि बुझाउनु पर्ने रकम एभिन्यूजले एकै पटक १ सय १० प्रतिशत जरिवानासहित गत पुस ३० गते बैंक मार्फत मन्त्रालयमा रकम जम्मा गरेको थियो। असार मसान्तसम्ममा रकम नतिरे पुस मसान्तभित्र जरीवानासहित तिरीसक्नुपर्ने सरकारी प्रावधान छ।

तर बैंक मार्फत जम्मा भएको रकम मन्त्रालयको खातामा पुग्न ४ दिन लागेको र नियमले तोकेको सीमा भित्र पैसा नतिरेको भन्दै मन्त्रालयले टिभीको इजाजत पत्र खारेज गरिदिएको हो।

टिभीका सञ्चाललक भाष्करराज राजकर्णिकारले 'अपलिंक सिस्टम' र इजाजत पत्रको रकम समयमा नै भुक्तान गरेको र रोयल्टीबापतको रकम भने पुस मसान्तमा तिरेको सेतोपाटीलाई जानकारी दिए। सरकारलाई तिर्नु पर्ने रकम सबै तिरेकाे समेत उनले बताए ।

उनका अनुसार टिभीले वर्षेनी सरकारलाई ३ प्रकारका कर तिर्नुपर्छ, 'अर्थस्टेसन' अर्थात  'अपलिंक सिस्टम सिस्टमको, इजाजत पत्रको र रोयल्टी अर्थात कारोबार भएको रकममध्ये २ प्रतिशतको। आन्तरिक राजस्व कार्यालयले ५० हजारभन्दा माथिको रकम चेकमार्फत भुक्तान गर्न निर्देशन दिएअनुरुप आफूहरुले सोही नीति अपनाएको कर्णिकारले बताए।

'उनीहरुले क्यास रकम बुझाउन भने, हामीले चेकमार्फत दियौं त्यसैलाई समस्या बनाइयो', उनले भने, 'सरकारले नियतबस दुःख दिएको आशंका गरेका छौं।’

उनले मन्त्रालयको पत्र गत आइतबारसाँझ आफ्नो हातमा परेको सुनाए। समयमा नै रकम नतिरेका कारण एभिन्युज टिभीका नविकरण हुन नसक्ने व्यहोराको पत्र हात परेपछि उनले प्रधानमन्त्री सुशील कोइरालाई भेटेर असन्तुष्टी जनाएका छन्।

टिभीको इजाजत्र पत्र रद्ध गरेर सञ्चार सचिव जेनेभा गएको आरोप लगाएका छन्। उनले आफूहरुमाथि अन्याय भएको भन्दै कानुनी बाटोतर्फ लाग्ने र आवश्यक परे अदालतको ढोका ढकढक्याउने पनि जानकारी दिएका छन्। भूकम्पका कारण टिभीका सबै संरचना ध्वस्त हुँदा पनि २४ सै घण्टा सेवा दिइरहेका बेला सरकारले आफूहरुलाई विभेदको दृष्टिले हरेको भन्दै उनले गुनासो गरे।

सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले यस विषयमा आफूलाई पनि धेरै कुरा थाहा नभएको बताए। 'म राहतको लागि केहिदिनदेखि राजधानी बाहिर छु, आज मन्त्रालय गएपछि बुझेर उचित निर्णय लिने छु,' उनले भने।

एभिन्युज टिभीको इजाजत पत्र खारेज सम्बन्धमा आफूले निमित्त सचिवलाई फोन गरेर बुझ्दा अनुमतिका लागि बुझाउनुपर्ने रकम नबुझाएकाले इजाजत रद्ध गरेको भन्ने जवाफ आफूले पाएको मन्त्री रिजालले बताए।

२०६४ साल साउन ३२ गते स्थापना भएको एभिन्युज टिभीको कार्यालय त्रिपुरेश्वरमा छ। सुरूमा राजावादी भनेर आरोप लागेको यस टिभीका संचालक कर्णिकार हुन्। कर्णिकार, युनुस अन्सारी र ललितकुमार अग्रवाल मिलेर यो टिभी संचालनमा ल्याएका थिए। पछि उनीहरु छुट्टिएर अन्सारीले नेशनल र अग्रवालले हिमालय टिभी खोलेका छन्।

एभिन्युज टीभीले पछिल्ला बर्षहरुमा आर्थिक कठिनाई भोग्दै आएको छ  । 
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger