हामी होटलको टेबुलमा बसेर स्थिति बुझिरहेका थियौँ। खाइलाग्दो ज्यान भएका, ३० वर्ष नकटेका एक युवा आए। उनले झोलाबाट मोबाइल निकाले र चार्ज गर्न अघि बढे। चार्ज उनी आफैँ पनि हुनु थियो। मोबाइलमा समेत रहेनछ। हातमा चुरोट सल्काएर हिँडिरहेकी युवतीले रोकिन्, ‘दाइ, हामी बन्द गर्न ला'को, चार्जमा नलगाउनुस् ।
'उक्त सेक्स सेन्टरका नियमित ग्राहक उनको आशा निराशामा बदलियो। न आफू चार्ज हुन पाए, न मोबाइल चार्ज भयो। उनी हाम्रो टेबुलतिर बढेर प्रश्न गरे, ‘किन आज चाँडै बन्द गर्न लाग्या?' हामीलाई कुनै आइडिया थिएन। १२ वर्ष जतिको एउटा केटो नजिकै भाँडा माझ्दै थियो। उसले भन्यो, ‘साहूजीलाई पुलिसले लग्या छ।' हामीले साधेखोज गर्यौँ । एक्कासि प्रहरीको भ्यान आएर यौनधन्दा चलाएको भन्दै एक युवतीसहित साहूजीलाई लिएर गएछ। ती युवाको अनुहारमा निराशा मडारिएको स्पष्टै देखिन्थ्यो। तर, उनले ठट्टा गरे, ‘यस्तो त भइरन्छ नि, के पिर हैन त सोल्टी?'
हामीले उनलाई सोध्यौँ, ‘अन्त कहीँ चिन्नुभएको छैन?' उनले केही वर्षअघि आफूले जाने गरेको क्षेत्रपाटीस्थित एउटा खाजाघर सम्झे। उनले डोर्यािए, हामी पछि–पछि लाग्यौँ। ‘सोल्टी नियमित आउने हो?' हामीले जिज्ञासा राख्यौँ। नुवाकोटका बासिन्दा उनले कहिलेकाहीँ आउने बताए। सामाखुसीतिर समेत घर भएको बताउने उनले काठमाडौँ आउँदा रमाइलो गर्न त्यस्ता सेन्टर अनिवार्य पुग्ने बताए।