Latest Updates :

हिन्दि गीतमा सेक्सी सिन दिएकी मिस नेपाल सृष्टिले नेपालमा एक लाख लिन थालिन्

SHARE THIS POST :
 पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले एउटा म्युजिक भिडियोमा अभिनय गरेबापत एक लाख लिन थालेकी छिन्। मुम्बईमा टिसिरिजको एउटा गीत रिमेकमा काम गरेर फर्किएकी उनले नेपाली फिल्मको गीतका लागि एक लाख रुपैयाँको लिन थालेकी हुन्। पुरानो नेपाली फिल्म 'माइतीघर' को गायक प्रेमध्वज प्रधान र उपा मंगेस्करको 'नमान लाज' को रिमेकमा गीतमा उनले सो रकम पारिश्रमिक लिएकी हुन्।

फिल्मभन्दा म्युजिक भिडियोमा आफ्नो रुचि भएको उनले बताउँदै आएकी छिन्। 'फिल्मभन्दा म्युजिक भिडियोहरुमा काम गर्न चाहान्छु। बल्ल करियर सुरु गर्दैछु व्यवसायमा कामको मूल्य त भइहाल्छ नि', सृष्टिले आफ्नो पारिश्रमिकबारे नागरिकन्युजसँग भनिन्, 'थोरै गीतमा काम गर्छु राम्रो काम गर्छु।'

हालै सार्वजनिक भएको गायिका देविका बन्दनाको 'सधै सधै' म्युजिक भिडियोमा अभियन गरेबापत भने उनले ८० हजार लिएकी थिइन्। 'सधै सधै' मा डिजाइनर आष्तिकसँग काम गरेकी उनी अहिले अष्ट्रेलिया उड्ने तयारीमा छिन्।

अष्ट्रेलिया जान लागेकीले उनले हाललाई म्युजिक भिडियो अभियनको काम स्थगित गरेकी छिन्। 'फर्किएपछि म्युजिक भिडियोलाई अघि बढाउँछु', उनले भनिन्।

बलिउड सिनेमा ज्याकपटको गीत 'कभी जो बादल वर्षे'मा रोमाञ्चक प्रस्तुति दिँदै सृष्टिले आफ्नो म्युजिक भिडियो अभिनय सुरुवात गरेकी थिइन्।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger