Latest Updates :

सुरु गर्दा त केही लागेन पछि बेस्सरी दुखेपछि आँखा चिम्लिएँ हिजो आज मज्जा आउछ

SHARE THIS POST :

सुरु गर्दा त केही लागेन पछि बेस्सरी दुखेपछि आँखा चिम्लिएँ

२०४८ सालतिर मञ्चन भएको नाटक ‘सिर्जना’मा बालकलाकारको भूमिका अभिनय गरी कलाक्षेत्रमा लागेकी शुभेक्षा थापा अहिले ग्ल्यामरस नायिकाका रूपमा परिचित छिन्। होम प्रोडक्सन कम्पनी शुभेक्षा इन्टरटेनमेन्ट प्रालिमार्फत 'को हुँ म', 'द मिस नेपाल', 'टाइगर द रियल हिरो', 'मखमली', 'बिन्दास ३' जस्ता चलचित्र निर्माण गरेकी उनी आफ्नो ग्ल्यामरस छविप्रति गौरव गर्छिन्।

'राम्रो देखिनु नै ग्ल्यामर हो। जे गर्दा राम्रो देखिन्छ त्यही गर्ने हो। समय अनुसार गेटअप परिवर्तन हुनसक्छ', ग्ल्यामरस बन्‍नुको राज खोल्दै उनी भन्छिन्, ‘राम्रो फिगरले सबैलाई आकर्षित गर्छ तर त्यस्तो फिगर बनाउन सजिलो छैन। खाउँ लाग्दालाग्दै छाड्नुपर्छ। अल्छी नगरी व्यायाम गर्नुपर्छ। म नियमित पौडी खेल्छु। नृत्य पनि गर्छु।'

राम्रो फिगरका कारण खुला पहिरनले आफूलाई सुहाउने उनको तर्क छ। खुला पहिरनमा उनले गराएका कतिपय फोटोसुबाबाट ताली र गाली दुवै पाएकी छन्। त्यस्तो पहिरनमा फोटोसुट वा हट सिन छायांकन गर्नु छ भने परिवार खासगरी श्रीमान्‌लाई अगाडि नै जानकारी दिने गरेकी छन्।

'ग्ल्यामर क्षेत्रको मान्छे के गर्दा राम्रो हुन्छ आफैं सोचेर गर्नु भन्नुहुन्छ', उनी भन्छिन्, ‘एउटा माछाले वक्षस्थल छोपेर पनि फोटोसुट गरेँ। नयाँ काम भएकाले कतिले गाली गरे कतिले ताली।'

शारीरिक सन्तुलनका कारण उनलाई स्विमिङ कस्टुम लगाएर पौडी पोखरीमा पुग्दा रमाइलो लाग्छ। तर केटा र केटी एउटै पोखरीमा पौडी खेल्नुपर्ने भएकाले कहिलेकाहीँ अप्ठ्यारो महसुस पनि हुन्छ। 'स्विमिङ कस्टुम लगाएर पौडी पोखरीमा पुग्दा मलाई शरीरको आकर्षण खुलेजस्तो अनुभूति हुन्छ', उनी प्रस्ट्याउँछिन्।

१६ वर्षको उमेरमा प्रेमविवाह गरेकी शुभेक्षाले भर्खरै दाहिने वक्षस्थलमाथि नेपालको झन्डाको टाटु खोपाएर चर्चा पाएकी छन् । ‘अन्य अंगमा पनि टाटु बनाउन सकिन्थ्यो तर नेपालको झन्डा बनाएपछि छातीमै बनाऊँ भन्ने लाग्यो।

देशको माया पनि झल्किन्छ', टाटु खोपाउँदाको अनुभव सुनाउँदै भन्छिन्, 'टाटु खोप्न दुई घन्टाजति लाग्यो। सुरु गर्दा त केहीजस्तो लागेन तर निकै दुख्दो रहेछ। फेरि संवेदनशील अंग अनि टाटु मास्टर केटा। दुखाइ सहन आँखा चिम्लेर बसेँ।'

२०६२ सालमा रिलिज भएको चलचित्र 'ध्रुवतारा'बाट ठूलो पर्दामा डेब्यु गरेकी उनले 'अग्निज्वाला', 'क्रोध', 'प्रहार', ‘बोक्सी'का साथै आफ्नो कम्पनीबाट बनेका सबै चलचित्रमा अभिनय गरेकी छन्। लगभग चार दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेकी निर्मात्री तथा नायिका शुभेक्षा थापा अहिले चलचित्र ‘मिस नेपाल २' को तयारीमा छिन्। - अन्नपूर्णपोष्ट दैनिक मा प्रकाशित 
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger