चालीस वर्षमुनिका प्रायः युवायुवती रमाइलो गर्दैनन् । मायाप्रीतिप्रति खासै चासो छैन उनीहरूलाई । होस् पनि कसरी ? उनीहरूको ध्याउन्नै करिअर र कामप्रति छ ।
फुर्सदिला किशोर–किशोरी पनि ‘प्राविधिक मनोरञ्जन’तर्फ डुबेका छन् । दुई दशक लामो आर्थिक मन्दीको अन्त्यपछि पनि यहा“का किशोर–किशोरीलाई सामाजिक मनोरञ्जनले छुन सकेको छैन ।
एई एओयामा यौन तथा सम्बन्ध काउन्सिलर हुन् जसले टोकियोमा आङ्खना असंख्य ग्राहकहरूलाई सेवा प्रदान गर्दे आएकी छन् । जापानी भाषामा उनको नाम नै काफी छ, जसको अर्थ माया भन्ने
हुन्छ ।
विगत १५ वर्षदेखि उनी ‘क्विन लभ’ ले पनि परिचित छन् । उनले लामो समयदेखि त्यहाँका किशोर–किशोरीलाई विभिन्न यौनजन्य सल्लाह प्रदान गर्दै आएकी छन् ।
कतिपय ‘चिसा युवायुवतीलाई’ यौनसम्पर्कको कलासमेत सिकाउँछिन् उनी ।
अहिले पनि उनको कार्य त्यत्तिकै चुनौतीपूर्ण मानिन्छ ।
जे होस्, ५२ वर्षीया एओयामा जापानी सञ्चारमाध्यमहरूले त्यहाँका युवायुवतीमा पहिराइदिएको ‘यौन वितृष्णा’ को बिल्ला मेटाउन तल्लिन छन् ।
४० वर्षमुनिका जापानीमा यौनलगायत प्रेमप्रति वितृष्णा
बढेको विज्ञहरू बताउँछन् । त्यहाँका लाखौं किशोर–किशोरीले अझै पनि डेटिङको अर्थ बुझेका छैनन् । र, असंख्य जापानी यौनप्रति खासै चासो देखाउँदैनन् ।
ladyबढ्दो यौन अनिच्छाले जापानमा महामारी र राष्ट्रिय विपत्तिको स्वरूप लिएको सरकारको ठम्याइ छ । त्यसो त जापान विश्वमा नै सबैभन्दा कम जन्मदर हुने देश हो । करिब १२ करोड ६०
लाख जनसंख्या भएको जापानमा सन् २०६० सम्म एक तिहाइ जनसंख्या घट्ने अनुमान गरिएको छ ।
एओयामाका अनुसार जापानले पछिल्ला दिनमा ‘मानव निकटताबाट दूर’ को अनुभव गरेको छ । यसमा सरकारको पनि आंशिक दोष रहेको बताइन्छ ।
यहाँ एकल मानिसको संख्या चुलिँदो छ । सन् २०११ मा गरिएको एक सर्वेक्षणमा १८ देखि ३४ वर्ष उमेरका ६१ प्रतिशत अविवाहित पुरुष र ४९ प्रतिशत महिला कुनै पनि प्रकारको सम्बन्धमा
नबाँधिएको बताइन्छ ।
यो आँकडा अघिल्लो पाँच वर्षको तुलनामा १० प्रतिशतले बढी हो । त्यसैगरी, अर्को एक अध्ययनअनुसार ३० वर्षमुनिका एक तिहाइ मानिस कहिल्यै पनि डेटिङ गर्देनन् । व्यावहारिक रूपमा विवाह र
प्रेममा विच्छेद भए पनि धार्मिक बन्धनबाट स्वतन्त्र यस मुलुकमा सेक्सले नगण्य अर्थ राख्छ ।
जापानको परिवार नियोजन संघले हालै गरेको एक सर्वेक्षणमा १६ वर्षदेखि २४ वर्षमाथिका ४५ प्रतिशत महिला यौनप्रति अनिच्छुक मात्र देखिएनन् यौन सम्पर्कलाई घृणा गरेको पाइयो ।
एक चौथाइभन्दा बढी पुरुषमाा पनि त्यस्तै घारणा देखियो । ‘घेरै जापानी युवायुवती एकल बस्न रुचाउँछन् । उनीहरू माया र विवाहलाई महत्व दिदैनन्,’ एओयामा भन्छिन्, ‘युवायुवती निकै अलमलमा
छन् ।
उनीहरू आफैंमा समस्या देखिन्छ ।’ जन्मदरमा गिरावट आएपछि सरकारले बारम्बार विवाह गर्न दिएको निर्देशन पनि खासै पालना हुन सकेको छैन ।
सन् २०१२ मा तुलनात्मक रूपमा केही बढी बालबालिका जन्मेका थिए । सोही वर्ष ज्येष्ठ नागरिकको संख्यामा पनि वृद्धि भएको थियो ।
तर, विवाह बन्धन र माया गाँस्ने सवालमा भने चिसा नै साबित भए जापानी किशोर–किशोरी ।
जापानको परिवार नियोजन संघका प्रमुख कुनिओ कितामुरा जापानमा जनसंख्या संकट देख्छन् ।
‘समस्या यति गम्भीर बन्दै छ कि जापानको अस्तित्व नै लोप हुने खतरा छ,’ उनी भन्छन् ।
चालीस वर्षमुनिका प्रायः युवायुवती रमाइलो गर्दैनन् । मायाप्रीकितप्रति खासै चासो छैन उनीहरूलाई । होस् पनि कसरी ? उनीहरूको ध्याउन्नै करिअर र कामप्रति छ ।
फुर्सदिला किशोर–किशोरी पनि ‘प्राविधिक मनोरञ्जन’तर्फ डुबेका छन् । दुई दशक लामो आर्थिक मन्दीको अन्त्यपछि पनि यहाँका किशोर–किशोरीलाई समाजिक मनोरन्जनले छुन सकेको छैन । सन्
२०११ को आणविक विनाशको भूत, भूकम्प, सुनामी, विकिरणको पग्लाइजस्ता ‘ह्याङओभर’ले अझै पनि केही युवायुवतीलाई गाँजेको छ । ‘महिला र पुरुष दुवैले प्रेमको बिन्दु नै देखेनन् ।
प्रेमले नयाँ गन्तव्यतर्फ लैजान्छ भन्नेमा उनीहरूलाई कत्ति विश्वास छैन,’ जापानको एक विश्वविद्यालयलका समाजशास्त्री भन्छन, ‘अब त समस्या निकै विकाराल भइसक्यो ।’ विवाह विस्तारै
अनाकर्षक छनोटको एउटा बारुदी सुरुङ बन्दै छ यहाँ ।
जुन जति बेला पनि विस्फोट हुन सक्छ । पुरुषहरू कम उत्तरदायी र स्वार्थी बन्दै छन् । उता महिला भने स्वतन्त्रको खोजीमा भौंतारिरहेका छन् । तथापि घर र कार्यालयमा भने परम्परागत सोच नै
विद्यमान छ । जापानका मुख्य सहरहरूमा सेक्स भनेको ‘एक अर्कादेखि टाढा रहनु हो’ भन्ने भ्रम छ ।
अधिकांश किशोरकिशोरी नुडल लभ वा अनौपचारिक मायामा नै सीमित रहने जापानी महिला कार्यकर्ता ताउको हितोसिराको बुझाइ छ । ‘किशोर–किशोरीहरू क्षणिक समयका लागि मात्र यौनमा भुल्ने
गर्छन्,’ उनी भन्छिन् । जापानका १ करोड ३० लाख अविवाहितमध्ये ३० लाख मानिस ३५ वर्ष पार गरिसकेका छन् ।
उनीहरू अझै पनि अभिभावकसँग बस्ने गर्छन् । विपरीत लिंगीप्रति आर्कषण हुने सामान्य तरिका पनि थाहा छैन कतिपयलाई । ‘केटीले स्पर्श गर्दा केही पुरुषहरू पीडा अनुभूति गर्छन्,’ टोकियोकी अर्की
एक महिला ताराहितो सितोहारा भन्छिन् ।
विगत पाँच वर्षदेखि जापानी युवायुवतीलाई यौनसम्बन्धी काउन्सिलिङ गर्दै आएकी सितोहारा किशोरकिशोरी एक आधुनिक प्रविधिसँग हेलमेल हुन चाहेको अनुभव सुनाउँछिन् । ‘अधिकांश युवायुवती
कम्प्युटर तथा मोबाइलमा अश्लील भिडियो हेरेर यौनसन्तुष्टि लिने गर्छन्,’ उनी भन्छिन् ।
एक ३० वर्षीय भर्जिन पुरुष कम्प्युटरमा महिला रोबोटले यौन क्रियााकलाप नगरेसम्म उत्तेजित नहुने एओयामाको अनुभव छ ।
‘मैले उसलाई उत्तेजित गराउन विभिन्न थेरापी र योगा सिकाउने गर्छु,’
उनी भन्छिन्, ‘कहिलेकाहीँ थप शुल्क लिएर काउन्सेलिङ लिन आउनेसँग नग्न भइदिन्छु ।
तर, यौनसम्पर्क भने गर्दैनन्,’ उनी थप्छिन्, ‘जापानी पुरुषमा पुरुषत्वको अभाव हो कि ।’ विवाह र प्रेमप्रति घृणा विवाहलाई घृणा गर्ने संस्कार जापानका लागि नौलो होइन ।
‘विवाह भनेको महिलाको चिहान हो,’ जापानको एउटा पुरानो उखानले पनि यस्तै भन्ने गर्छ । तर, आजभोलि भने जापानी महिलाका लागि विवाह कठोर मेहनतपछि सिर्जित करिअरको चिहान भन्ने अर्थ
लाग्ने गरेको छ । टोकियोकी इरी टोमिटा फ्रान्स सरकारको स्वामित्वमा रहेको एक बैंकको मानव संसाधन विभागमा काम गर्छिन् ।
फ्रान्सेली भाषा स्पष्ट बोल्न सक्ने ३२ वर्षीया टोमिटाले दुईओटा विश्वविद्यालयबाट डिग्री हासिल गरेकी छन् । आङ्खनो करिअर र काममा असर पर्ने त्रासमा उनले अहिलेसम्म रमाइला क्रियाकलाप
गरेकी छैनन् ।
भन्छिन्, ‘तीन वर्षअगाडि एक केटासाथीले प्रस्ताव गरेको थियो ।
तर मैले अस्विकार गरें । मलाई डेटिङप्रति कुनै मोह छैन ।’ विवाह र प्रेमलाई निकै नकारात्मक रूपमा हेर्छन् जापानी युवती । टोमिटाका अनुसार महिलाले विवाह गर्नेबित्तिकै पदोन्नति हुने भाग्य
खोसिन्छ ।
‘विवाहपछि बोसले प्रमोसन पनि गर्दैन । बच्चा भएपछि महिलालाई समयको चाँजोपाजो मिलाउन झनै झन्झट हुन्छ । अन्तत जागिरबाट हात धुनुपर्छ’, उनी भन्छिन् । जापानीले विवाहको महŒव नै
बुझेका छैनन् ।
‘विवाह भनेको दुई आत्माको मिलन हो भन्ने कुरा अब जापानीलाई रटाउनुपर्ने बेला आएको छ । जति सम्झाए पनि बुझ पचाउँछन्’, दशकौंदेखि यौन काउन्सेलिङ दिँदै आएकी अर्की महिला हिरोहितो
सितारो भन्छिन् ।
करिब ७० प्रतिशत महिलाले बच्चा जन्मेपछि आङ्खनो जागिरबाट हात धुनुपरेको एक पछिल्लो तथ्यांकले देखाएको छ । वल्र्ड इकोनोमिक फोरमका अनुसार कामका लागि जापान विश्वमा नै ‘असमान’
देश हो । विवाहित कामकाजी महिलालाई ‘राक्षसी पत्नी’ को बिल्ला भिराइन्छ जापानी समाजमा ।
प्रधानमन्त्री सिन्जो अबले हालै महिलालाई देशको आर्थिक गतिविधिको मूल धारमा ल्याउने वाचा गरेका छन् । तर, कामकाजी पत्नीका लागि यी बाचाले कुनै अर्थ नराख्ने महिला कार्यकर्ताको भनाइ छ ।
अधिकांश जापानी महिला एकल जीवनप्रति निकै सन्तुष्टि देखिन्छन् । ‘मेरो दैनिकी उदाहरणी छ । म मेरा केटीसाथीहरूसँग फ्रान्सेली र इटालियन रेस्टुरेन्टमा जान्छु । विभिन्न पसलमा गएर नयाँनयाँ
लुगा किनमेल गर्छु ।
म मेरो स्वतन्त्रतामा नै रमाउन चाहन्छु,’ अविवाहित रहनुको फाइदाबारे टोमिटा बताउँछिन् । पुरुषप्रति कत्ति पनि मोह छैन त जापानी आमयुवतीलाई ? हट्टाकट्टा जीउडालको, वलिष्ठ पाखुरा भएको
पुरुषसँग समय बिताउने रहर नै छैन त उनीहरूलाई ? कि पुरुषहरूले पनि प्रस्ताव गर्दैनन् ?
‘मलाई पुरुषसँग डेटिङ जाने कत्ति मोह छैन,’ टोमिटा भन्छिन् ।
त्यसो भए अहिलेसम्म उनी विपरीत लिंगीप्रति नजिकिएकी छैनन् त ? अवश्य होइन । उनलाई कार्यालयका केही कर्मचारीले पनि उनलाई बारम्बार अफेयरको प्रस्ताव गर्छन् । तर, पनि हेलमेल गर्ने
जाँगर उनमा छैन । उनलाई कहिल्यै पनि मोह जागेन पुरुषप्रति ।
उनको बुझाइमा सेक्स कम प्राथमितााको विषय हो । भन्छिन्, ‘कार्यालयका विवाहित पुरुषले अफेयरका लागि विभिन्न प्रस्ताव गर्छन् । म एकल भएकोमा उनीहरूले दुखित भएको भ्रम साँच्छन् होला ।
तर, वास्तविक खुसी त एक्लो जीवनमा पो हुन्छ ।’
विवाह गर्न विस्तारै सामाजिक दबाब बढेपछि ४० वर्षमुनिका केही पुरुषले परम्परागत जापानी संस्कारविरुद्ध भद्र विद्रोह गरेका छन् ।
३१ वर्षीय सातोरु किसहिनो पत्नी र परिवारका लागि ‘आर्थिक योद्धा’
बन्नु निकै अव्यावहारिक ठान्छन् ।
‘डेटिङ जाने मेरो मनग्गे कमाइ छैन । म महिलाको उत्तरदायित्व पनि बहन गर्न चाहन्नँ, किनकि अन्जानमै विवाह भयो भने जीवन बर्बादी हुन्छ,’ गलपे्रmन्ड नबनाउनुको रहस्य खोतल्दै उनी भन्छन्
।
जापानी सञ्चारमाध्यमहरूले किसिनोजस्ता अविवाहितलाई सोसहोकु दान्सी अर्थात् घाँस खाने मानिसको बिल्ला लगाएका छन् । केही विज्ञहरूले विवाहको विद्रोहलाई पुराना मूल्य र मान्यताप्रति वितृष्णा
मात्र मानेका छैनन् यसलाई परिस्थितिको उपजसमेत ठानेका छन् ।
‘एकल बस्नु कुनै बेला व्यक्तिगत असफलता मानिन्थ्यो,’ अमेरिकास्थित मोन्टाना स्टेट युनिभर्सिटीमा कार्यरत जापानका सहायक प्राध्यापक टोमोमी यामागुची भन्छन्, ‘तर आजभोलि भने युवापुस्तामा
छनोट बन्दै छ एकल जीवन ।’ एकल रहनु ‘नयाँ वास्तविकता’ भएको उनको तर्क छ ।
त्यसो त पछिल्ला समयमा अविवाहित रहने संस्कार युरोप, अमेरिकालगायतका देशहरूमा बढ्दो छ, जसका कारण जन्मदर घट्दो छ भने एक सदस्यीय परिवारको संख्या निरन्तर वृद्धि भएको छ ।
आर्थिक मन्दी घटिरहेका देशहरूमा युवायुवतीहरू घरमा नै बस्न बाध्य छन् ।
तर, जापानको यथार्थ भने कहालीलाग्दो छ । जनसंख्याविद् निकोलस इबरस्टाडटका अनुसार विवाहलाई स्थापित र नियन्त्रण गर्ने धार्मिक निकायको अभाव, भूकप्मको विपत्ति र बालबालिका हुर्काउन र
पढाउने बढ्दो खर्चका कारण विवाहबाट युवापुस्ता टाढिएको छ ।
‘जापान विस्तारै यस्तो समाजमा रूपान्तरण हुँदै छ, जसको आकार र संयन्त्रमा विज्ञानको प्रभाव देखिन्छ’, इबरस्टाडट भन्छन् ।
उनका अनुसार वृद्ध मानिस र घट्दो युवापुस्ताको बीचमा कहिल्यै विवाह
नगर्ने जमातको अस्तित्व बढ्दो छ ।
सरकारको जनसंख्यासम्बन्धी तथ्यांकअनुसार भर्खरै २० वर्ष टेकेका युवतीमध्ये एक चौथाइ कहिल्यै विवाह नगर्ने सोचमा छन् । त्यसैगरी, विवाह गरेकामध्ये सन्तान नजन्माउन चाहने त ४० प्रतिशत
छन् । फेसन डिजाइनमा स्नातक इमी कुवाहटाको आपूmभन्दा १३ वर्ष पाको मानिससँग अनौपचारिक सम्बन्ध छ ।
‘हामी मुस्किलले साताको एक पटक भेट गर्छौं, उनी भन्छिन्, ‘नियमित केटासाथीसँग घुम्ने मलाई कत्ति फुर्सद छैन ।
किनकि म सफल डिजाइनर बन्न चाहन्छु ।’ त्यसैगरी, २२ वर्षीय इरी आसडालाई पनि प्रेम गर्ने खासै इच्छा छैन ।
अर्थशास्त्रमा स्नातक इरी भन्छिन्, ‘तीन वर्षअघि नै मैले डेटिङ छोडिदिए । मलाई केटासाथी र यौनप्रति रुचि छैन । मलाई केटासँग हात समाएर हिँड्न पनि मन लाग्दैन् ।’
जापान यौनका दृष्टिले उदार मुलुक भए पनि विज्ञहरूका अनुसार २५ वर्षसम्म अधिकांश किशोरी भर्जिन हुन्छन् । जापानको सन् २०१३ मा परिवार नियोजन संघले युवाहरूमा सेक्सबारे गरेको एक
अध्ययनमा पुरुषभन्दा महिला बढी दोषी रहेको निष्कर्ष निकालेको थियो ।
यौन मामिलामा महिला किन यति पछि त ? ‘यौन इच्छा पुरुषबाट आउँछ,’ संघका प्रमुख कुनियो कितामुरा भन्छन्, ‘महिलाले पुरुषसरहको यौन चाहना राख्दैनन् ।’
जापानी युवाहरूका बारेमा कलम चलाउँदै आएका जापानी मूलका अमेरिकी लेखक रोनाल्ड केल्ट्स जापानी सम्बन्धको भविष्यलाई प्रविधिले मार्गनिर्देशन गरेको बताउँछन् ।
जापान अपत्यारिलो ढंगले आधुनिक र व्यावहारिक ढंगले अनलाइन प्रणालीमा विकसित भएको छ । यहाँ विकसित भएका स्मार्ट फोनका कार्यक्रम विश्वमा नै कल्पना गर्न नसकिने भएका छन् ।
आमजापानी निजी र व्यावहारिक संसारतर्फ लाग्नुमा सीमित भौतिक क्षेत्रमा नै डुब्