बाथरुमको विषयमा हामी धेरै चुट्किला र गहन कुरा सुन्न पाउँछौं । भनिन्छ, बाथरुममा नै मानिसलाई अनेकौं सिर्जनशील कुरा फुट्छ । बाथरुम गएको बेला मानिसलाइ एककिसिमको आनन्द र शान्ति महसुस हुन्छ । बाथरुममा अनेकौं कुरा सोच्छन् मानिसहरु । तर बाथरुममा युवतीहरु प्राय के सोच्छन् भन्ने कुरा तपाइ अनुमान लगाउनुहुन्छ । प्राय युवतीहरु बाथरुममा एकै प्रकारका कुराहरु सोच्छन् भन्ने कुरा पत्यार नलाग्न सक्छ । आउनुस युवतीकाको मनमा बाथरुममा नुहाउने समयमा आउने सोचाइहरुबारे बुझौं ।
१) धेरै मानिसहरुलाई बाथरुममा गीत गुनगुनाउने बानी हुन्छ । उनीहरु आफुलाइ राम्रो गायक सम्झन्छन् ।
२) के आज कपाल नुहाउँ? होस। आज धुन्न । त्यै पनि मलाइ आज कोसंग भेट्नु छ र?
३) हे भगवान , यो पानी कति तातो हो । हुन त चिसो पानीले नुहाउन पनि सक्दिन नी ।
४) मैले कपालमा स्याम्फु लगाएको १० मिनेट भइसक्यो । अब धुन्छु ।
५) कंडिस्नर लगाएको २ मिनेट त भयो । अब कपाल धुन्छु ।
६) हे भगवान, म तक्लु हुन्छु क्या हाे? भुइँभरि कपाल नै खसेकाेछ ।
७) मेरो व्यायफ्रेन्डलाई फोन गरेर बोलाउँकी । उ आउँदा त म तयार भइ सक्छु ,अनि मलाई उसले अफिस छोडीदिन्छ ।
८) नुहाउनुअघि मैले खुट्टाको रौं फाल्नुपर्ने रहेछ । अब त स्कर्ट लगाउन पाउँदिन ।
९) बिना कपडामा म कति भद्दा देखिएको छु । मैले अब व्यायम गर्न सुरु गर्नुपर्छ ।
१०) यो नुहाउने साबुनको सुगन्ध कति मिठोे हो । अाहा !
११) आज के बार हो ? कति गते हो? कतै आज मेरो महिनावारीको दिन त होइन?
