Latest Updates :

वैद्य माअोवादी फुट्दै ! नेपालका राजनीतिक पार्टी फुट्ने मात्रै

SHARE THIS POST :

एमाओवादीसँग एकताको घोषणा गर्छाैं: प्रवक्ता भुसाल
मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुटको संघारमा पुगेको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीसँगको एकताको विषयलाई लिएर महासचिव रामबहादुर थापा बादलले समानान्तर केन्द्रीय समितिको बैठक बोलाएपछि क्रान्तिकारी माओवादी फुटको नजिक पुगेको हो।

एमाओवादीसँग तत्काल एकता गर्नुपर्नेमा जोड दिँदै आएका महासचिव बादल पक्षधरले मंगलबार केन्द्रीय समितिको बैठक बोलाएको छ। नेवा राज्य समितिको कार्यालय कुपण्डोलमा दिउँसो १ बजे बस्ने बादल पक्षधरको बैठकले मंगलबार एमाओवादीसँग पार्टी एकताको घोषणा गर्ने क्रान्तिकारी माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

उनले पार्टीभित्र एमाओवादीसँग एकता गर्नुपर्छ भन्ने नेताहरुको बुहमत  रहेको र अध्यक्ष बैद्यले केन्द्रीय समितिको बैठक बोलाउन अस्विकार गरेकाले आफूहरुले छुट्टै केन्द्रीय समितिको बैठक बोलाएर एकताको घोषणा गर्न लागेको बताइन्।

भुसालले मंगलबारको केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन बैद्यलाई पनि बोलाइएको बताइन्। उनले वैद्यलाई बैठकको अध्यक्षता गर्न लिखित रुपमै पत्र पठाएको र वैठकमा उपस्थित भए वैद्यकै नेतृत्वमा एमाओवादीसँग एकताको प्रस्तावबारे छलफल हुने बताइन्।

भुसालले अध्यक्ष वैद्य बैठकमा उपस्थित नभए एमाओवादीसँग एकतामा जाने भन्ने निर्णय गर्ने बताइन्। उनले भनिन्,‘ अध्यक्षलाई बैठकमा बोलाएका छौँं, उहाँ आए एकताको विषय लम्बिन सक्छ तर उपस्थित नभए एमाओवादीसँग एकता गर्ने निर्णय गरेर अघि बढ्छौं।’

प्रवक्ता भुसालले एमाओवादीसँग पार्टी एकताका लागि वार्ता टोली गठन गरिने समेत बताइन्। एकता लागि संकलन गरिएको हस्ताक्षर अभियानमा केन्द्रीय समितिका १९९ मध्ये १ सय २५ जनाले हस्ताक्षर गरेको बादल पक्षको दाबी छ। तर मोहन वैद्य पक्षधरले भने त्यसलाई अस्वीकार गर्दै आएको छ।

बदल पक्षधरले पार्टी एकताबारे छलफलका लागि गत चैत ११ का लागि तय गरेको बैठक अध्यक्ष वैद्यले स्थगित गरेको भन्दै आपत्रि जनाएको थियो। वैद्यले बैशाख २८ गतेसम्मका लागि केन्द्रीय समितिको बैठक स्थगित गरेर आउँदो जेठ १ मा केन्द्रीय समिति बैठक बोलाएका छन्।

अध्यक्ष बैद्य एमाओवादीसँग पार्टी सिद्धान्तबारे कुरा नमिलेसम्म एकता गर्न नहुने पक्षमा छन् भने महासचिव बादल अन्य कुरा छोडेर तत्काल एकतामा जानु पर्नेमा जोड दिँदै आएका छन्।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger