Latest Updates :

किन मार्यो अचानक प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छापा ? सबतिर हल्ली खल्ली !!!!

SHARE THIS POST :
काठमाडौँ, २७ वैशाख । प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा अहिले छापा हानेको छ ।

छापा मार्नेक्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विदेश नगएका उनीहरुलाई पुनː श्रम स्वीकृतिको कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट उनीहरु विदेश जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विमानस्थलमा भइरहेको छापामा श्रम तथा रोजगार मन्त्री दीपक बोहरासमेत सहभागी हुनुहुन्छ ।
नक्कली पुनː श्रम स्वीकृति, नक्कली मागपत्र, नक्कली प्रवेशाज्ञालगायतका काम भइरहेको सूचनाका आधारमा छापा मारिएको महाशाखाका प्रमुख खनालले बताउनुभयो ।

यस्तै प्रहरीले ताहाचलस्थित श्रम कार्यालयका पुनः श्रम स्वीकृति शाखाको केही कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएको छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger