Latest Updates :

फेरी भारतको अर्को गलत कदम भारतद्वारा ‘एकतर्फी’ भन्सार सार्दै दबाबको लागि सक्दो शेयर गरौँ

SHARE THIS POST :
काठमाडौं, २० जेठ । भारतले वीरगज–रक्सौल नाकास्थित सीमापार भन्सार कार्यालय १३ किलोमिटर टाढा सार्ने अन्तिम तयारी गरेको छ। शुक्रवारबाट सञ्चालन गर्ने गरी नयाँ भन्सार कार्यालय तयार पारिएपछि नेपाल पक्षले भन्सार पार गराउन १३ किलोमिटर पर जानु पर्नेछ।

यसले भन्सार प्रक्रियामा नेपाली पक्षलाई समस्या र झन्झट बढाउने उद्योगीले वताएका छन्। वीरगन्ज भन्सार कार्यालयनजिकै रहेको सीमापारीको भारतीय भन्सार कार्यालय यहाँबाट पश्चिम अलौंमा रहेको आइसीपीको भारततर्फको प्रागंणमा सार्न लागिएको हो। त्यहाँ पुग्न रक्सौलदेखि दक्षिण गम्हरियानजिकको हर्दियाबाट राजमार्ग निस्किने बाइपास सडक भएर जानुपर्ने हुन्छ।

नेपाल-भारत सीमास्थित वीरगन्जको अलौंमा बन्दै गरेको एकीकृत जाँच चौकीको भारततर्फको निर्माण सम्पन्न भएपनि नेपालतर्फ भने निर्माण अधुरै छ। भारतले एकतर्फी रुपमा आइसीपी सञ्चालन गर्ने भएपछि समस्या थपिने भन्दै आयातकर्ता चिन्तित छन्।
-नागरिक दैनिक
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger