एजेन्सी । तपाईका लागि सेक्स के हो ? आनन्द ? राहत ? मजा ? केही मानिसका लागि भने सेक्स त्रास पनि हो । त्यो पनि निकै ठुलो त्रास । यसबाट मानिसहरु डराउँछन् र टाढा माग्छन् । हार्वर्ड मेडिकल स्कुलका श्रीती पिल्लैले सेक्ससँग सम्बन्धित सात डरका बारेमा लेखेका छन् ।
खराब प्रस्तुतीको त्रासः
सेक्सका विषयमा यो सबैभन्दा आम डर हो । मानिसहरुलाई लाग्छ कि उ आफ्नो ओछ्यानमा राम्रो प्रदर्शन गर्न सक्दैन ।
सन्तुष्ट गर्न नसक्ने त्रासः
मानिसहरुलाई लाग्ने गर्दछ कि मैले आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सक्दिन । यसकारण पनि कतिपयले पार्टनर गुमाउने गर्दछन् ।
निकटताको त्रासः
भावुकस्तरमा निकट व्यक्तिसँग कयौपटक शारीरिकस्तरमा निकटतादेखि कतिपय मानिस डराउँछन् । यसकारण उनीहरु व्यक्ति विशेषसँग सेक्स गर्दैनन् ।
जिम्मेवारीको त्रासः
धेरै मानिसहरु सेक्सदेखि यसकारण टाढा भाग्छन् कि सेक्ससँगै उनीहरुले आफ्नो पार्टनरको भावनात्मक जिम्मेवारी उठाउनुपर्नेछ ।
निराश पार्ने त्रासः
केही महिला वा पुरुष भन्ने गर्दछन् कि म त सेक्स गर्दिन या गर्दिन । यसको पछाडि उनीहरुलाई डर लाग्ने गर्दछ कि कतै नजिकैको व्यक्ति सेक्सको कुरा सुनेर निराश नहोस् ।
मृत्युको त्रासः
फ्रान्सीसी सेक्सलाई ‘एउटा सानो मृत्यु’ भन्ने गर्दछन् । सेक्सको चरम मृत्युजस्तै अनुभूति हुन सक्दछ । त्यसैले मानिसहरु त्यो सानो मृत्युदेखि यतिधेरै डराउँछन् कि सेक्सबाटै भाग्ने गर्दछन् ।
समाजको डरः
मानिसहरुले के भन्नेछन्, यो डर जति हामी सोच्दछौ त्योभन्दा कयौ गुण ठुलो हुन्छ । मानिसहरु सेक्सदेखि टाढा रहन्छन् किनकी कसैले थाहा पाउँछ कि भन्ने त्रास उनीहरुको मनमा बास गरेको हुन्छ ।