‘सरकार जनतालाई झुक्याउँदै, कसरी हुन्छ निर्वाचन ?’
प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार जनतालाई झुक्याउन उद्दत रहेको आरोप लगाएका छन् ।
बाँकेको नेपालगञ्जमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले आउँदो मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेर सरकारले जनतालाई झुक्याएको आरोप लगाए ।
भूकप्प प्रभावितको पुनस्र्थापना, मधेस आन्दोलन र जनताको जनजीविकालाई सम्बोधन गर्न नसकेको सरकारले निर्वाचन गराउने कुरा गरेर जनतालाई झुक्याएको उनको आरोप छ । यद्यपी सरकारले मंसिरमा निर्वाचन गराएर आफूहरु सहभागी हुने देउवाको भनाइ छ ।
निर्वाचन गराउने र संविधान कार्यानवयन नगर्ने सोचमा सरकार नरहेको भन्दै सभापति देउवाले आफ्नो पार्टी कांग्रेस संविधान कार्यान्वयनमा प्राथमिकताका साथ लागि परेको बताए । जनताको परिवर्तनप्रतिको चाहना र भावना बुझेर सरकारले काम गर्नुपर्ने सुझाव देउवाले सुझाव दिए ।
