Latest Updates :

सेक्स गर्न नपाएपछि हात्तिको तमासा, १५ वटा कार ध्वस्त पार्यो

SHARE THIS POST :
जंगलमा ढोइसँग संसर्ग गर्न नपाएपछि एउटा हात्ती मुर्मुरिँदै जंगल बाहिर निस्किएर आतंक मच्चाएको छ । सेक्स गर्न नपाएको झोँकमा उक्त हात्तीले १५ वटा कार ध्वस्त पारेको छ ।घटना चीनको हो । दक्षिणी चीनको जिसुआंगबानास्थित वन्यजन्तु आरक्षबाट निस्किएको मत्ता हात्तीले एक दर्जनभन्दा बढि कारमा क्षति पूराएको छ । वन्यजन्तुविदहरुका अनुसार जंगलमा पोथीसँग सम्भोग गर्न नपाएपछि हात्ती आक्रोशित हुँदै बाहिर निस्किएको थियो र उसले सुरुमा कारहरुलाई सुँडले मुसारेपछि पछि भने तिनै कारलाई लडाइदिएको थियो ।

अधिकारीहरुका अनुसार यसअघि हात्ती समूहको राजा रहेको उक्त भाले हात्तीलाई अर्को मत्ता हात्तीले पराजित गरेको थियो र पोथी हात्तीहरु उसलाई छाडेर नयाँ मत्ता हात्तीसँग लहसिएका थिए ।
सम्भोग गर्न नपाएर रिसले चूर भएको हात्तीले ध्वस्त पारेका कारको क्षतिपूर्ति सरकारले दिनेछ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger